विश्व

संसारको पहिलो उपन्यास ‘द टेल अफ जेंजी’; प्रेमिकाबाट पत्नी बनेपछि मुरासाकीद्वारा धोकाले जेंजीको हत्या

टोक्यो । संसारको पहिलो उपन्यास मानिने ‘द टेल अफ जेंजी’ को हराएको हस्तलिखित भाग भेटिएको छ । यो उपन्यासको पाँचौ हिस्साले बताउँछ कि जसलाई १०१० औँ सताब्दिमा मुरासाकी शिकिबु नामको महिलाले पूरा गरेकी थिइन् । यो भाग टोक्योमा रहने मोटोफुयु ओकाचीको घरको भण्डारकोठामा रहेको थियो । यो परिवारको सम्बन्ध मिकवायोशिदा डोमेन वंशदेखि रहेको बताइन्छ ।

५४ औँ अध्याय भएको उपन्यास ‘द टेल अफ जेंजी’ १०१० देखि ११ औँ सताब्दिबीच लेखिएको थियो । उपन्यास मिकवायोशिदा डोमेन वंशका जापानी सम्राटका छोरा जेंजीको युद्ध कौशल, राजनीतिक तथा रोमान्टिक जीवनमा आधारित छ । यसमा हियान कोर्टकी एक महिला र राजाका छोराको प्रेम कहानी छ ।

हस्तलिखित यो उपन्यासको धेरै भाग अहिले उपलब्ध छैन । मानिन्छ कि उपन्यासको सबैभन्दा पुरानो संस्करणलाई कवि फुजिवारा टीकाले दोस्रोपटक लेखेका थिए, उनको मृत्यु १२१४ मा भएको थियो । शोध बताउँछ, ५४ मध्ये ४ अध्याय नै टीकाद्वारा दोस्रोपटक लेखिएको प्रमाणित छ तर टीकाद्वारा लिखित पाँचौँ अध्यायमा प्रेमिकाबाट पत्नी बनेपछि मुरासाकीद्वारा धोकाले जेंजीको हत्या गरेको कहानी हामीसामू आएको छ ।

जापानी सांस्कृतिक विरासतको संरक्षण संस्थानका विशेषज्ञ शिगुरुटी बुन्कोले भने, ‘उपलब्ध उपन्यासको हिस्सा कवि टीकाद्वारा लेखिएको हो । यसको अधिकांश हिस्सा दोस्रो प्रतिबाट प्राप्त छ । तर यसमा व्याकरणको अन्तर रहेको छ ।’

क्योटो विश्वविद्यालयका प्रोफेसर जुंको यामामातोले बताए—उपन्यासको पाण्डुलिपिमा शोध भइसकेको छ । उनीद्वारा लिखित र संपादित उपन्यासको पाण्डुलिपि शोधको लागि उपलब्ध छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत