विश्व

भिखारी महिलाको बैंक खातामा १० करोड बढी रुपैयाँ, १० वर्षदेखि भिख मागिरहेकी छन...

लेबनान, बेरुत । लेबनानमा एक महिला भिखारी अहिले चर्चामा छिन्, किनकी उनको बैंक खातामा १० करोड १९ लाख २० हजार (अर्थात ९०० हजार डलर रुपैयाँ) भएको खुलासा भयो । भिखारी वाफा मोहम्मद अवदले यो राशि भिख मागेर एकत्रित गरेकी हुन् ।

मिडिया रिपोर्टसका अनुसार, यो विषय त्यो बेला खुल्यो जब वाफा मोहम्मद अवद आफ्नो बचतलाई एक बैंकबाट अर्को बैंकमा स्थानान्तर गर्नको लागि पुगेकी थिइन् । जब उनले रकम स्थानान्तरको लागि आवेदन दिइन तब बैंकसँग नगदको समस्या पर्यो ।

अहिले अवदको दुइ चेक सोशल मिडियामा भाइरल भइरहेको छ । 

सीदोन शहरकी यी महिला वाफा यहाँको प्रसिद्ध हस्पिटलको नजिक दिनभर भिख माग्दछिन् । अस्पतालकी एक नर्स हाना एसले गल्फ न्यूजलाई बताए अनुसार वाफालाई भिखारीको रुपमा चिनिन्छ । बढी समय उनी अस्पतालको गेटमा भिख मागेको देख्न सकिन्छ । वरपर हुने अधिकांशले उनलाई चिन्दछन् । उनी यहाँ १० वर्षदेखि भिख मागिरहेकी छन् । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत