गाउँ सहर

पोखरामा रक्षाबन्धनका अवसरमा ब्रम्हकुमारीको विशेष कार्यक्रम

पाेखरा । पोखरामा रक्षाबन्धनका अवसरमा ब्रम्हकुमारीको विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताएका छन् ।

ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्वारा आयोजित रक्षाबन्धन कार्यक्रममा बोल्ँदै प्रदेश प्रमुख कुँवरले  विधिको शासन नभए धर्मको पनि कुनै अर्थ नहुने बताए ।

कार्यक्रममा सांसद विन्दुकुमार थापाले मानव सेवा र कल्याणनै धर्म भएको उल्लखे गर्दै जनै पूर्णिमाको महत्वबारे बोलेका थिए । नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले धर्म संस्कृति र संस्कार विनाको समृद्धीको कुनै अर्थ नहुनेमा जोड दिए ।

राजयोगिनी दिदी प्रणिताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ब्रम्हकुमार शैलेश लगायतका वक्ताहरुले रक्षा बन्धन र शान्तिका बारेमा बताएका थिए । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयका शाखाहरुल ेपनि पोखरामा रक्षाबन्धनका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेका छन् ।

तपाईँको मत