यो वर्ष भारतको आर्थिक वृद्धिदर ६.९ प्रतिशतले हुने संयुक्त राष्ट्र संघकाे अनुमान
- गाउँ सहर डेस्क
- ४ जेठ शुक्रबार, २०८१ | ११:२६:०० मा प्रकाशित

काठमाडौँ । यो वर्ष भारतको आर्थिक वृद्धिदर झण्डै सात प्रतिशतले हुने संयुक्त राष्ट्र संघले अनुमान गरेको छ ।
भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणहरू परिमार्जन गर्दै राष्ट्र संघले सन् २०२४ मा भारतको अर्थतन्त्रमा लगभग सात प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको हाे ।
बिहीबार जारी गरिएको विश्वको आर्थिक स्थिति र सन् २०२४ को मध्यसम्मको सम्भावनामा भनिएको छ, ‘भारतको अर्थतन्त्र सन् २०२४ मा ६.९ प्रतिशत र २०२५ मा ६.६ प्रतिशतले विस्तार हुने छ ।’
मुख्यतया बलियो सार्वजनिक लगानी र लचिलो निजी उपभोगद्वारा संचालित कार्यक्रमले आर्थिक वृद्धिमा प्रभाव पार्नेछन् । तर व्यापारिक निर्यात वृद्धि जारी रहने यसले औषधि र रसायनको निर्यात कडा रूपमा विस्तार हुने विश्लेषण गरिएको छ ।
जनवरीमा जारी गरिएको संयुक्त राष्ट्र विश्व आर्थिक स्थिति र सम्भावनाहरूको प्रतिवेदनले बलियो घरेलु माग, उत्पादन र सेवा क्षेत्रहरूमा बलियो वृद्धिको बीचमा भारतको वृद्धि २०२४ मा ६ दशमलव २ प्रतिशतमा पुग्ने अनुमान गरिएको थियो । आर्थिक अवस्थाको पछिल्लो मूल्याङ्कनमा सन् २०२५ को लागि भारतको जीडीपी वृद्धिको जनवरीमा अनुमान ६.६ प्रतिशतमा स्थीर रहेको उल्लेख गरिएको छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
- खासमा तीज के हो, किन मनाइन्छ ? कसरी सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता
- किन पूजिन्छ श्रीकृष्ण, उनको जीवनबाट मानवजातीले के सिक्ने ?
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
प्रतिकृया दिनुहोस