प्रविधि

खतरनाक भाईरसले चोरिरहेको छ गूगल, फेसबुक र एप्पलको डेटा

काठमाडौँ । इजरायलको साइबर सेक्यूरिटी कम्पनीले एक स्पाइवेयर डेभलप गरेको छ जुन एप्पल, गूगल, फेसबुक, एमेजन र माइक्रोसफ्टका उत्पादनहरुको सर्भरबाट डेटा चोर्न सक्दछ । 

यसको खुलासा फाइनेंशल टाइम्सको रिपोर्टमा गरिएको छ । 

उसले भनेको छ कि एनएसओ (साइबर इन्टेलिजेन्सी फर ग्लोवल सेक्युरिटी) ग्रुपको स्मार्टफोन मैलवेयर पिगाससले केवल डिभाइसको स्टोर डेटामात्र चोर्दैन साथै क्लाउडमा स्टोर डेटा र नानकारी पनि यसको निशानाभित्र पर्दछ । यस्तै जानकारीमा आए अनुसार यूजरको लोकेशन डेटा, आर्काइब्ड मेसेज र फोटोज पनि यसको निशानाभित्र पर्दछ ।

एनएसओ ग्रुप यो भन्दा पहिले मे महिनामा फेसबुकको अनरशिप भएको वाट्सएपमा मैलवेयर इन्स्टल गरेपछि चर्चामा आएको थियो । ग्रुपले क्लाउडमा स्टोर डेटा संकलन गर्ने कुनै सफ्टवेयर या टूल बनाएको कुरा इन्कार गरेको छ । यो स्पष्ट छैन कि ग्रुपले यो टूल इन्टर्नली डेभलप गरेको छ कि छैन । कम्पनीले सीएनबीसीलाई भन्यो, ‘फाइनेंशल टाइम्सलाई गलत जानकारी मिलेको छ । एनएसओको प्रोडक्ट्सले यो पहुँच दिँदेन ।’

कम्पनीले आफ्नो सफाईमा लगातार आधुनिक भइरहेको आतंकवादी र अपराधीक गतिविधि र योजना साथै त्यसलाई लुकाउनको लागि एनक्रिप्टेड टेक्नोलोजीको मद्यत लिइरहेका छन् । यस्ता मानिसले खुफिया र कानुन एजेन्सीलाई अँध्यारोमा राखेर सुरक्षाको खतरामा पुर्याइरहेको बताएको छ । एनएसओ ग्रुप भन्छ, ‘क्लाइन्ट्सको लागि एक स्क्रीनिंग प्रोसेस छ, जुन केवल अतंकवाद या अपराधिक जाँच गर्नको लागि जिम्मेदार सरकारलाई बचाउँछ ।’

गत मे मा वाट्सएपले भनेको थियो कि मेसेन्जर सर्भिसमा खामी (दोष) रहेको र एनएसओ ग्रुपको सफ्टवेयर स्मार्टफोनमा एक कलको मद्यतबाट डाउनलोड गर्न सकिन्थ्यो र त्यो वाट्सएपको कलको जानकारी जुटाउन सकिन्थ्यो । फेसबुकको स्वामित्व भएको मेसेजिंग एप्लिकेशनले यसको लागि एक पैच अपडेटमा दिएर यो गडबडीलाई फिक्स गरेको थियो । यसको अलावा सैन वर्नार्डिनोमा गोलाबारी गरेर कयौँ मानिसको हत्या गर्ने खालको अपराधीको एप्पल डिभाइस एफबीआईले भनेपछि अनलक गर्दा एप्पले इन्कार गरेको थियो ।

भनिन्छ एफबीआईको लागि एनएसओ ग्रुपले सो डिभाइस अनलक गरेको थियो । एजेन्सीको सहयोगमा 
 

गाउँ सहर डेस्क

तपाईँको मत