जीवनशैली

१७ गते सूर्य ग्रहण : यो गल्ती नगर्नुहोस् गर्भवती महिला

१७ गते असार (२ जुलाई सन् २०१९) मा सूर्यग्रहण लाग्न गइरहेको छ, जबकी १७ जुलाईमा चन्द्र ग्रहण लागेको थियो । नेपाल र भारतबाट याे सूर्य ग्रहण देखिँदैन । तर चन्द्र ग्रहण भने धेरै देशबाट देख्न सकिन्छ । २ जुलाईमा लाग्ने सूर्य ग्रहण सूर्यास्त हुनु अघि चिली र अर्जेन्टिनाका केही भागबाट देख्न सकिन्छ । पेसिफीक र साउथ अमेरिकाका साथै इक्वेडर, ब्राजिल, उरुग्वे, पाराग्वेबाट पनि आंशिक रुपमा सूर्य ग्रहण देखिने खगोशास्त्रीहरुले बताएका छन् ।

सूर्यको प्रकाश जब चन्द्रमाको कारणले पृथ्वीसम्म पुग्न पाउँदैन त्यसलाई नै सूर्य ग्रहण भनिन्छ । यो समयमा विशेष कुरा ख्याल राख्नु जरुरी हुन्छ । खास गरेर गर्भवती महिला र हुनेवाला बच्चालाई ग्रहणको असरबाट बचाएर राख्न जरुरी छ ।

जान्नुहोस ग्रहणकालको समयमा के गर्नु हुँदैन!

  1. ग्रहणकालमा वा मध्य समयमा भोजन गर्नु, पकाउनु, सुत्नु, श्रृंगार आदि गर्नु हुँदैन ।
  2. मान्याता अनुसार ग्रहणकालको समयमा गर्भवती महिलाले सब्जी काट्नु, कपडा सिलाउने आदि गर्नु हुँदैन । यसले बच्चामा दोष हुन सक्दछ ।
  3. ग्रहणको समयमा घरबाट बाहिर निस्कनुहुँदैन र ग्रहण दर्शन झनै भूलेर पनि नगर्नुहोस् ।
  4. मान्यताअनुसार ग्रहण समाप्त भएपछि गर्भवती महिलाले अनिवार्य नुहाउनु पर्दछ नत्र हुनेवाला बच्चाको छाला सम्बन्धी रोग लाग्न सक्छ ।
  5. ग्रहणको नकारात्मक प्रभावबाट बच्नको लागि गर्भवती महिलाले तुलसीको पत्ता जिब्रोमा राखेर हनुमान चालिसा र दुर्गा स्तुतिको पाठ गर्नु राम्रो मानिन्छ ।

यो आलेखमा दिइएको जानकारीमा हामी कुनै दावी गर्दैनौँ कि यो पूर्णतया सत्य र सटीक छ । साथै यसलाई पालना गर्दा अपेक्षित परिणाम मिल्नेछ । यो मान्यतामा आधारित छ । यसलाई अपनाउनु अघि सम्बन्धित क्षेत्रका विशेषज्ञको सल्लाह अवश्य लिनुहोला । एजेन्सी/लाइभहिन्दुस्तानको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत