महिनामा लाख कमाउने मन बहादुर भन्छन् : ‘खुकुरी उचालेर ५ हजार लैजानुहोस्’
- लक्ष्मी बलायर
- २५ जेठ शनिबार, २०७६ | १२:०६:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६’ मेलाको स्टल नं १२९ मा एक अधबैँसे हातमा खुँडा लिएर गप्फिदैँ थिए ।
उनको वरीपरि केही मानिसहरुको झुन्ड थियो । उक्त पसलमा हामी पनि पुग्दा बुलिबाङ, बाग्लुङका मन बहादुर सिरपाली खुकुरी भनेको हाम्रो पहिचान हो र यसैले हामीलाई विश्वमा चिनाएको छ भन्दै अवलोकनकर्तालाई खुकुरीको बारेमा बखा गदै थिए ।
राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक मेलामा आएका उनले ढोरपाटन नगरपालिका, बुर्तिबाङ, बाग्लुङमा आफ्नै खुकुरी तथा आरनको उघोग चलाएका छन् । जसमा उनले ६ जना लाई राेजगारसमेत दिएका छन् । उनले १३ बर्षको उमेरदेखि आरनको काम गर्न थालेका हुन् । सानैदेखि बुवाबाट आरनको काम सिकेका उनले अहिले महिनामा नै एक लाख पैसा कमाउँछन् ।
सानैदेखी यो पेशामा लागेका उनी विदेशमा त धेरै पैसा कमाई हुन्छ भन्ने आशाले बीचमा वैदेशिक रोजगारमा समेत गएका थिए । ४-५ वर्ष विदेशमा बसेर पछि फेरी उनी नेपालनै फर्किए । उनी सम्झछन्- “विदेशमा धेरै दु:ख हुँदोरहेछ, विदेश सोचेजस्तो रहेनछ । हातमा सिप छदैँछ बरु आफ्नै देशमा त्यही पुख्यौली पेशालाई नै सुधार गरेर जीवन चलाउँछु भन्दै म फर्केँ ।”
यसै व्यवसायको भरमा उनी अहिले ६ जनाको जिवन चलाईरहेका छन् । एक छोरीले ल्याब टेक्निसियनकाे काेर्ष सिध्याएर पनि सरकारी जागिरमा नाम निकालेकी छन् र बाँकी एक छोरी र दुई छोरा बोडिङ स्कुलमा पढाईरहेका छन् । 'कुनै पनि काम गरे राम्रोसँग गरे आफ्नै देशमा नै राम्रो कमाई हुँदोरहेछ' -उनले भने ।
हँसिया, बन्चरो, तरवार, खुँडा, कोदालो, खुर्पा र खुकुरी लगायत उनले उद्योगमा फलामका सबै हातहतियारहरु बनाउने गर्छन् । अरु जिल्लाबाट माग त धेरै हुन्छ तर बाग्लुङमा यस्तो उद्योग अरु नभएकाले आफ्नै जिल्लामा नि पुग्दैन र कामागर्न भ्याई नभ्याई भएकाले अरु जिल्लामा होलसेल रुपमा पढाउन नसकिएको तर अरु कसैले माग गरे भने पठाउँछौँ उनले भने ।
उनकी श्रीमती लगायत उनको पूरा परिवारको नै यो व्यवसायमा साथ सहयोग छ उनले भने । उनको उद्योगमा न्युनतम २०० सम्मको हसियाहरु खरिद गर्न सकिन्छ भने खुकुरीहरु भने १२ सय देखी १ लाख ११ हजार १ सय ११ सम्मको मुल्यमा खरिद गर्न सकिने उनले बताए ।
उनको प्रर्दशनीमा अहिले ४२ केजी सम्मको खुकुरी रहेको छ । र उनले यो खुकुरीलाई उचाल्न सक्नेलाई पाँच हजार पुरस्कार समेत दिने गरेका छन र तर यसमा सहभागी बन्न भने पाँच सय अगाडि नै तिर्नुपर्छ । उनले भने “गत वर्ष भएको एउटा पर्दशनीमा पनि यो अवसर राखेका थिएँ जसमा १६ जना सहभागी समेत भएका थिए तर एउटाले मात्रै खुकुरी उचालेको र पाँच हजार पुरस्कार पाएका थिए ।”
'यस्तो घरेलु् उद्योगहरुलाई अझै सरकारले जोड दिएको खण्डमा नेपालीहरुले विदेश जार्नु पर्ने बाध्यता आउदैँन थियो'- उनले भने । साथै नेपालको सान यस्तो खुकुरीलाई नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमान्स्थलकाे अगाडी उपयुक्त स्थानमा आफूले यो ४२ किलोको खुकुरी साैजन्य गर्न इच्छा छ' उनले भने ।
भविष्यमा यस्तै खुकुरी उद्योगहरु अरु ठाउँमा नि बिस्तार गर्ने सोच रहेको उनले बताए । उनले सबैलाई स्वदेशमै आफ्नो सिप र दक्षताको काम गर्न र स्वदेशी वस्तुहरुको उपयोग गर्न समेत आग्रह गरे ।

लक्ष्मी बलायर
बलायर गाउँ सहर डटकमकी संवाददाता हुन् ।
- प्रेमसम्बन्ध कसरी सुमधुर र दिगाे बनाउन सकिन्छ त!
- सडक २ मा बिना मेकअफ सुटिङ्ग गर्ने भइन् आलिया भट्ट, यस्तो छ कारण
- कुन बार जन्मेका कस्ता हुन्छन् ? जन्म बार अनुसार कस्ताे छ त, तपाईंको स्वभाव !
- केरा खानुका अनेकौँ फाइदा, जसले शुक्रकिट समेत बढाउँदछ
- पुल नबनेपछि जनप्रतिनिधिको आक्रोश : ‘मुखले भन्दा-भन्दा थाकिसक्याैँ, अब पिट्न मात्र बाँकी छ’
- ‘प्राकृतिक चिकित्सा र योग राेगीलाई निराेगी र निराेगीलाई दीर्घजीवि बनाउने पद्धति हाे’
- खर्च नगरि स्वस्थ्य रहन के गर्ने ?
- मिलन कार्कीद्वारा अभिनित म्यूजिक भिडियाे ‘म जन्मिदा...,’ सार्वजनिक
- बहुउपयाेगी तर्बुजा, जसले क्यान्सर लाग्नबाट बचाउँछ
- ‘गाली गरेपनि सहकारीका समाचार लेख्नुहोस्’ : अध्यक्ष बडाल
प्रतिकृया दिनुहोस