खर्च नगरि स्वस्थ्य रहन के गर्ने ?
- लक्ष्मी बलायर
- ७ जेठ मंगलबार, २०७६ | १३:४७:०० मा प्रकाशित

मानव शरीर मेशिनजस्तै हुन्छ जसरी मेशीनलाई तेल, मर्मतसुधार गरेर गतिशिल बनाइन्छ त्यसरी नेै मानव शरीरलाई पनि विभिन्न किसिमका पोषणयुक्त खाना र हेरचारको आवश्यक्ता पर्दछ । आजभोलि धेरै रोगहरु फैलिरहेका छन् जसले मानिसलाई छिटो नै रोगी बनाईरहेको छ । यसर्थ स्वस्थ्य रहन हामीले के गर्नुपर्छ त ? आउनुहोस् जानौँ सधैँ स्वस्थ्य रहन अपनाउनुपर्ने उपायहरुः
-जहिले पनि बाहिरबाट घर आईसकेपछि या कुनै पनि वस्तुमा हात लगाएपछि, खाना पकाउनुअघि, खाना खार्नु अघि साबुन पानीले बेस्सरी धुनुपर्छ जसले गर्दा विभिन्न रोगहरु लाग्नबाट बचाउँन्छ ।
-घरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । विशेषगरी भान्सा, शौचालयलाई नियमित सफा राख्नुपर्छ ।
-घरवरिपरी पानी जम्ने खाल्टो छ भने पुरिदिनुपर्छ जसले गर्दा लामखुट्टे र किराबाट हुने संकमणबाट बच्न सकिन्छ ।
-खाना पकाईसकेपछि खानालाई खुल्ला छोड्नुहुदैँन र सधैँ ताजा तरकारी र फलफुलको प्रयोग गर्ने ।
-बासी खानाकुरा र मिती सिध्यिएका वस्तुको प्रयोग नगर्ने ।
-धेरै तेलजन्य, तारेको र मसलाबाट बनेका खानेकुरा नखाने र हरियो सागलाई धेरै पकाउनुहुदैँन धेरै पकाउँदा त्यसमा पाइने पोषण तत्व नष्ट हुने गर्दछ ।
-खानाको साथमा सधैँ सलाद, दही, दुध, हरियो सांग पशस्त मात्रामा खाने र तरकारी र फलफुललाई सफासँग धुएर मात्र प्रयोग गर्ने ।
-चिनी र नुनको मात्रा कम प्रयोग गर्ने र पानी पशस्तै पिउने ।
-आराम गर्ने र सुत्ने कोठालाई जहिले पनि सफा राख्नुपर्छ । ओछ्यान पनि सफा र चिटिक्क मिलाएर राख्नुपर्छ ।
-तनाबबाट बच्न र दिमागलाई एकाग्रता गर्न नियमित योगा, ध्यान र कसरत गर्ने ।
-कहिलेकाही घुम्नुपर्छ र मनोरञ्जनमा पनि समय दिनुपर्छ जसले गर्दा मन र मस्तिष्क दुबै लाई सक्रिय राख्न सहयोग गर्दछ ।
-स्वास्थ्यमा समस्या आउने बितिकै तुरुन्त अस्पताल गएर स्वास्थ्य परिक्षण गराउनुपर्छ । एजेन्सी

लक्ष्मी बलायर
बलायर गाउँ सहर डटकमकी संवाददाता हुन् ।
- प्रेमसम्बन्ध कसरी सुमधुर र दिगाे बनाउन सकिन्छ त!
- सडक २ मा बिना मेकअफ सुटिङ्ग गर्ने भइन् आलिया भट्ट, यस्तो छ कारण
- महिनामा लाख कमाउने मन बहादुर भन्छन् : ‘खुकुरी उचालेर ५ हजार लैजानुहोस्’
- कुन बार जन्मेका कस्ता हुन्छन् ? जन्म बार अनुसार कस्ताे छ त, तपाईंको स्वभाव !
- केरा खानुका अनेकौँ फाइदा, जसले शुक्रकिट समेत बढाउँदछ
- पुल नबनेपछि जनप्रतिनिधिको आक्रोश : ‘मुखले भन्दा-भन्दा थाकिसक्याैँ, अब पिट्न मात्र बाँकी छ’
- ‘प्राकृतिक चिकित्सा र योग राेगीलाई निराेगी र निराेगीलाई दीर्घजीवि बनाउने पद्धति हाे’
- मिलन कार्कीद्वारा अभिनित म्यूजिक भिडियाे ‘म जन्मिदा...,’ सार्वजनिक
- बहुउपयाेगी तर्बुजा, जसले क्यान्सर लाग्नबाट बचाउँछ
- ‘गाली गरेपनि सहकारीका समाचार लेख्नुहोस्’ : अध्यक्ष बडाल
प्रतिकृया दिनुहोस