जीवनशैली

केरा खानुका अनेकौँ फाइदा, जसले शुक्रकिट समेत बढाउँदछ 

केरा प्रकृतिको अनुपम देन हो । केरा गाउँ होस् या शहरमा जताततै सजिलै मिल्ने गर्छ । केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ ।  केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ । केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । केरामा मुख्यतया तिनवटा प्राकृतिक सुगर पाइन्छ, सुक्रोज, फ्रुक्टोज र ग्लुकोज । त्यसका साथै यसमा प्रसस्त फाइबर समेत पाइन्छ । त्यसकारण केरा निकै तिब्र तथा खपाउ उर्जावर्धक फल हो ।

  1. दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ ।
  2. केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ ।
  3. केराको प्रयोगले शरीरको थकान कमी गरी शरीरमालाई स्फुरुर्त राख्न ठुलो भुमिका खेल्दछ ।
  4. हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल हाे ।
  5. शरिरको तापक्रम कम गर्न र तनाब कम गर्न केराले लाभदायक भुमिका निर्वाह गर्दछ ।
  6. दिनमा २ वटा कोसा केरा खानाले शरीरमा आवश्यक सबै प्रकारका भिटामिनहरुको आवश्यकता पुरा हुन्छ ।
  7. केरामा आइरन तत्व अधिक मात्रामा हुने गर्दछ । जसले हेमोग्लोबिन लाई बढाएर एनिमियाको समस्यालाई हटाउने गर्दछ ।
  8. बच्चाहरुको वुद्धि र विकास गर्न केराको सेवन अनिवार्य छ ।
  9. अल्सरका बिरामीहरुको लागि पनि केरा खानु लाभदायक छ ।
  10. कमजोर हुनुहुन्छ र तौल बढाउन चाहनुहुन्छ भने दैनिक दुईटा केरा खानुहोस् जसले शरीरलाई बलियो बनाउनुका साथै तौल समेत बढाउने गर्दछ ।
  11. सबैभन्दा चर्कित कुरा त के छ भने शिघ्रपतनका बिरामीहरुका लागि केरा रामवाण समान हुन्छ ।
  12. यसले शिघ्रपतनको समस्यालाई हटाएर शुक्रकिट बढाउन सहयोग गर्दछ । एजेन्सी

लक्ष्मी बलायर

तपाईँको मत