मिलन कार्कीद्वारा अभिनित म्यूजिक भिडियाे ‘म जन्मिदा...,’ सार्वजनिक
- लक्ष्मी बलायर
- ६ जेठ सोमबार, २०७६ | ०८:४२:०० मा प्रकाशित
काठमाडौं । कलाकार मिलन कार्कीद्वारा अभिनित 'म जन्मिदाँ...' म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ ।
निर्मल पनेरूकाे गायन तथा शीतल कादम्बीनीकाे शब्द रहेकाे गीतमा म्यूजिक कम्पाेजर हरी लम्सालले गरेका छन् भने म्यूजिक एरेन्जमेन्ट उदयराज पाैडेलका छन् ।
नाटकमा खेल्दै आएका कार्कीलाई म्यूजिक भिडियाेमा पनि जीवन्त अभिनय गरेकाे देख्न सकिन्छ ।
संगीत विषय अध्ययन गरिरहेका कार्की संगीतसँगै नाटकका अभिनय यात्रामा छन् ।
भोजपुरमा जन्मिएका मिलन कार्कीकाे सानैदेखि सङ्गीतप्रति रूची भएपनि करिरयर भने खेलकूदमा बनाउन चाहन्थे । त्यही सपना बोकेर काठमाडाैं आएका थिए उनले तर बन्न पुगे कलाकार ।
मण्डला थिएटरबाट अभिनयकाे काम शुरु गरेका उनले पहिलो नाटक बैतर्णीमा काम गरे त्यसपछि क्याफे, माइलो, सिरू महारानी नाटकमा अभिनय गरे ।
'लाटीको छोरो’ मा लाटोको भूमिका निभाएका नाटकले उनलाई सबैमाझ चिनाएको बताउँछन् । यसपछि उनले ‘मसानटार’मा सुलसुलेको क्यारेक्टर गरेका थिए ।
भर्खर सार्वजनिक भएकाे म्यूजिक दर्शकहरूले मन पराउनेमा कार्की आशावादी देखिन्छन् । निकेश खड्काले निर्देशन गरेकाे उक्त भिडियाे बुद्ध थापाले खिचेका हुन् भने विकास धमलाले भिडियाे सम्पादन गरेका छन् ।
म्यूजिक भिडियाेलाई ओएसआर डिजिटल मार्फत युट्यूवमा हेर्न सकिन्छ ।

लक्ष्मी बलायर
बलायर गाउँ सहर डटकमकी संवाददाता हुन् ।
- प्रेमसम्बन्ध कसरी सुमधुर र दिगाे बनाउन सकिन्छ त!
- सडक २ मा बिना मेकअफ सुटिङ्ग गर्ने भइन् आलिया भट्ट, यस्तो छ कारण
- महिनामा लाख कमाउने मन बहादुर भन्छन् : ‘खुकुरी उचालेर ५ हजार लैजानुहोस्’
- कुन बार जन्मेका कस्ता हुन्छन् ? जन्म बार अनुसार कस्ताे छ त, तपाईंको स्वभाव !
- केरा खानुका अनेकौँ फाइदा, जसले शुक्रकिट समेत बढाउँदछ
- पुल नबनेपछि जनप्रतिनिधिको आक्रोश : ‘मुखले भन्दा-भन्दा थाकिसक्याैँ, अब पिट्न मात्र बाँकी छ’
- ‘प्राकृतिक चिकित्सा र योग राेगीलाई निराेगी र निराेगीलाई दीर्घजीवि बनाउने पद्धति हाे’
- खर्च नगरि स्वस्थ्य रहन के गर्ने ?
- बहुउपयाेगी तर्बुजा, जसले क्यान्सर लाग्नबाट बचाउँछ
- ‘गाली गरेपनि सहकारीका समाचार लेख्नुहोस्’ : अध्यक्ष बडाल
प्रतिकृया दिनुहोस