अर्थतन्त्र

३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए

काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा पुगेको छ ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भयो । कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो ।

सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.०८ प्रतिशत बढ्यो । राप्ती हाइड्रोको ५.८६, भूगोल इनर्जीको ५.७१, ओम मेगाश्री फर्मास्युटिकल्सको ५.४३ प्रतिशत बढ्यो ।
भगवती हाइड्रोपावरको ४.६४, शुभम् पावरको ३.३३, चिरख्वा हाइड्रोपावरको ३.२६, सप्तकोशी विकास बैंकको २.८२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, निफ्रा हरित ऊर्जा ऋणपत्र, राधि विद्युत्, एनआईसी एसिया बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत