समाज

कश्मीर घाटमा त्यो आवाज र उज्यालोको के छ रहस्य, को हो त्यो ?

नयाँ दिल्ली । भूत र आत्मासँग जोडिएका जतिपनि कुराहरुलाई हामी बकवास भनेर पन्छ्याउँछौँ । तर संसारका शायद कुनै हिस्सा छ, जहाँ भूत वा आत्मको छायाँ हुँदैन । कुरा धर्तीकोस्वर्ग कश्मीरको कुरा गर्ने हो भने यो स्वर्ग मानिसको लागिमात्र नभएर कयौँ अन्य आत्माको लागि प्रिय छ । त्यहाँका मानिसहरुमा पनि भूतको कहानी भरिएको छ । के साँचो हो या झुट् यो त अदृश्य छ तर यो कुरा मान्नैपर्छ कि यो कथालाई बुझेर तपाइँलाई पीडा जरुर थपिन्छ ।

हावामा फैलन्छन कहानीहरु

कयौँ कहानीबीच कश्मीर वादीमा भूतसँग जोडिएका कहानीहरु छन्, तिनमा अब्दुल्लाको भूत पनि समावेश छ । जसको बारेमा भनिन्छ कि यो श्रीनगरका एक घरमा रहन्छन् । यसको अलावा उधमुरको आर्मी क्वाटर आसपास पनि तपाइँलाई नयाँ कुरा मिल्दछ । यसको अलावा खूनी नाला, गवक्कल ब्रिज जस्ता कयौँ ठाउँ छन कश्मीरमा, जसलाई लिएर भूतको कहानीहरु प्रसिद्ध छन् ।

उधमपुर आर्मी क्वाटर र त्यो उज्यालो

भनिन्छ कि श्रीनगरको आर्मी क्वाटरमा आत्माको वास छ । यो स्थान प्रेत आत्माको लागि प्रसिद्ध र भनिन्छ यहाँ भूत एक झलक देखाएर ओझेल हुने गर्दछ । यसको नजिकका मानिसहरुको यो दावी गर्छन कि यहाँ केही सेकेण्ड भूतको छायाँ देखिन्छ र फेरी आकाशमा उडेर विलाउँछ । तर जब आकाशतर्फ उड्छ त्यतिबेला अचम्मको आवाज आउँछ र उडीरहेको त्यो आत्माले कुनै चम्किलो उज्यालो जस्तै चमक पैदा गराउँछ । स्थानीय व्यक्तिहरुका अनुसार यो पिशाचको आत्ममा हो, र यसलाई रातको १ बजेदेखि ३ बजेसम्म देख्न सकिन्छ ।

गवक्कल ब्रिज र अनौठो आवाज

गवक्कल ब्रिजमा के भयो, यो जान्नको लागि तपाइँलाई समयभन्दा २५ वर्ष अघि जानुपर्छ । जब केही कश्मीरीलाई उनको देशविरुद्ध विद्रोह पश्चात यीनको क्रुरताबाट नरसंहार गरिएको थियो । वर्ष सन् १९९१ मे २१ ज्नवरीमा केन्द्रीय रिजर्व पुलिस बल (सआिरपीएफ) का अधिकारिहरुले आफ्नो मागलाई पूरा गर्नको लागि विरोध गरिरहेका मानिसहरुको एक समुहलाई गोलाबारी गरे । यो नरसंहारलाई केही मानिसहरुद्वारा कश्मीरी इतिहासको सबैभन्दा नराम्रो घटनाको रुपमा वर्णन गर्दछन् । स्थानीय मानिसहरुको दावी यो छ कि त्यो नरसंहारपछि नै त्यहाँ कयौँ तरिकाका असामान्य गतिविधिहरु देख्न पाइन्छ । यस्तो मानिन्छ कि ति असन्तुष्ट मानिसहरुको आत्माकै कारण पुलमा अचानक छायाँ देखिन्छ । सार्थ अनौठो आवाजपनि आउने गर्दछ ।

अब्दुल्लाको भूत र उडिरहेको फुटवेयर (जुत्ता)

श्रीनगरको एक घरमा मानिसले वास्तवमा एक जिन भएको कुरा गर्छन् । एक स्थानीयका अनुसार अहिलेसम्म जो व्यक्ति घरको भित्र गयो, केही मिनेटपछि उसको जुत्ता बाहिर फ्याकिन्छ र त्यो व्यक्तिको कुनै पत्ता लाग्दैन । उनले भने कि उनी यो असामान्य घटनामा विश्वास गर्दैनथिए । तर उनले त्यतिबेला विश्वास गरे जब एकदिन उनले आफै त्यो घरको बाहिर जुत्ता उडेको देखे । फेरी उनले भने कि भित्रबाट अनौठो र दुःखदायी आवाज आइरहेको थियो । यो पनि मानिन्छ कि जो व्यक्ति यो प्रेतवाधित घरभित्र जान्छ, उ कुनै न कुनै बिरामीबाट पीडित हुने गर्दछ । अचम्म !

कुनन र पोशपारा दुई गाउँ

कश्मीरको कुपवाडा जिल्लाको कुनन र पोशपारा नामका दुई गाउँ छन् । ती गाउँको कहानी झनै खतरनाक छन् । मानिन्छ कि यी दुई गाउँका ति महिलाको आत्माद्वारा प्रेतवाधित गरिएको छ, जो सैनिकको भेषमा आए उनको प्रताणनाको शिकार भए । भनिन्छ कि यो घटना २३ फेब्रुअरी १९९१ मा भएको थियो । जब गाउँको नजिक करिब १०० महिलाहरुलाई सामूहिक बलात्कार गरिएको थियो । स्थानीय मानिसहरुका अनुसार यो घटनामा जुन महिलाहरुको मृत्यु भयो, उनीहरुको आत्मा आजपनि भट्किएको हुनसक्छ ।

भूतको रुख र अमावसको रात

श्रीनगरबाट जाने बाटोमा एक अचम्म देखिने रुख छ । यो रुखमा प्रेतको बास भएको मानिन्छ । यहाँको नजिकका क्षेत्रका मानिसहरुका अनुसार यो रुख प्रेतवाधित छ र यदी कोही यसमा अमावस्याको रात (अध्र्वचन्द्र) मा गल्तीले पनि छोयो भने उसले आत्माको सामना गर्नुपर्ने छ ।

खूनी नालामा काली साडीमा महिला

नामले नै डर लाग्छ ! बनिहाल सुरुङ्गबाट जाने ठीक पहिले जम्मू कश्मीर राजमार्गमा एक मोड छ, जसलाई अहिले खूनी नालाको रुपमा चिनिन्छ । यो बाटोमा कयौँ सडक दुर्घटनाको कारणबाट यो नाम जुरेको हो । यहाँ हुने विभत्स सडक दुर्घटनाका कारण यो ठाउँ प्रेतको स्थान भएको मानिन्छ । केही मानिसहरु यो दावी गर्छन कि दुर्घटनाभन्दा पहिले एक काली साडी लगाएकी र हातमा बच्चालाई लिएकी एक महिला लिफ्त मागेकी देखिन्छिन् । यदी मानिस उसकाे अपेक्षा गर्दछन भने उनी तिनलाई श्राप दिन्छिन र त्यो अन्तत् सडक दुर्घटनामा मर्दछन् । नवभारत टाइम्स : अनुवाद गाउँ सहर डटकम
 

गाउँ सहर डेस्क

तपाईँको मत