भण्डारढिकमा सिद्धिविनायकको ३०औँ खेल उत्सव सुरु
- विष्णुहरि पाैडेल
- ११ मङ्सिर शुक्रबार, २०८३ | १७:५५:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका–२९ स्थित भण्डारढिक खेल मैदानमा सिद्धिविनायक बोर्डिङ स्कुलको ३०औँ खेल उत्सव–२०८३ बिहीबारदेखि सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने खेल उत्सवको पोखरा महानगरपालिका–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले विद्यालयका खेल संयोजक राजन तिवारीलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष गुरुङले विद्यालयले लामो समयदेखि विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुदलाई समेत प्राथमिकता दिँदै आएकोमा प्रशंसा गरे । उनले वडास्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न सुझाव दिँदै भण्डारढिक खेल मैदानलाई व्यवस्थित बनाउन आफूले पहल गरिरहेको जानकारी दिए ।
विद्यालयका निर्देशक ज्ञानेन्द्र मोहन भट्टराईले खेलकुद र शैक्षिक गतिविधिमार्फत विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन विद्यालय निरन्तर क्रियाशील रहेको बताए । खेलकुदले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै उनले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको सहभागितामा विभिन्न प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए ।

खेल उत्सवमा दौड, भलिबल, फुटबल, ह्यान्डबल, टेबलटेनिस, ब्याडमिन्टनलगायत खेल विधामा अन्तरसदनात्मक प्रतियोगिता सञ्चालन हुनेछन् ।
लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले विद्यालयको शैक्षिक उन्नयनमा खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउँदै खेलकुद विकासका लागि संघ सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा जनप्रकाश बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन ओझा, शिलशिला इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रोशन कोइराला, जनप्रकाश टोल विकास संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङ तथा विद्यालयका प्रशासन संयोजक सुयोग मोहन भट्टराईलगायतले विद्यालयको शैक्षिक प्रगति र विद्यार्थी जीवनमा खेलकुदको महत्वबारे धारणा राखेका थिए ।

विद्यालयका शैक्षिक संयोजक शिवप्रसाद तिमिल्सेनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
विसं २०४५ सालमा स्थापना भएको सिद्धिविनायक बोर्डिङ स्कुल साविक लेखनाथ क्षेत्रका पुराना तथा अग्रणी शैक्षिक संस्थामध्ये एक हो । विद्यालयमा हाल पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले प्रत्येक वर्ष वार्षिक खेल उत्सव आयोजना गर्दै आएको छ ।
विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- दीपशिखा सामुदायिक पुस्तकालयमा पाठक अन्तरक्रिया, थप सुविधा विस्तार गर्न आग्रह
- लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा एवम् १५औं महाधिवेशन
- आयुर्वेदिक महत्व बाेकेकाे खयरकाे चिया
- गोलभेडामा टुटा किराको बिगबिगीले पोखराका किसान मर्कामा
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
प्रतिकृया दिनुहोस