मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने
- गाउँ सहर संवाददाता
- २० चैत बुधबार, २०८१ | १३:१५:०० मा प्रकाशित

काठमाडौँ। मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने भएको छ।
बुधबार सूचना प्रकाशन गर्दै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले शुल्क परिमार्जन गर्दै यस किसिमको व्यवस्था लागु गरेको हो। रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीमा लाग्ने शुल्क परिमार्जन गर्दै कारोबार रकम सीमाको आधारमा लागु हुन्छ। यसअनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट र वालेटमा रकम राख्दा वा झिक्दा ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क लाग्ने छैन।
यी माध्यमबाट ५०० रुपैयाँदेखि ५००० रुपैयाँसम्म ट्रान्सफर गर्दा ४ रुपैयाँ र ५००० माथिको हकमा ८ रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै क्रेडिटर तथा मर्चेन्ट भुक्तानीमा समेत शुल्क लाग्ने व्यवस्था गरिएको छ। यसअनुसार मर्चेन्ट भुक्तानीको हकमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५००० सम्मको भुक्तानीमा ४ रुपैयाँ र ५००० भन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ शुल्क तोकिएको छ।
सेवाप्रदायक तथा मर्चेन्टले शुल्क ब्यहोरेको कारोबारमा रकम पठाउन ग्राहकलाई कुनै शुल्क नलाग्ने एनसीएचएलले जनाएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस