मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण
- गाउँ सहर संवाददाता
- ६ माघ शुक्रबार, २०७९ | २१:१०:०० मा प्रकाशित

इलाम । पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ । बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले इलाममा शुक्रबार आयोजना गरेको डिजिटल बैंकिङ साक्षरता कार्यक्रममा मोबाइल बैंकिङ, वालेट, क्युआर कोड प्रयोग गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जानकारी दिइएको हो ।
नेपाल राष्ट्र बैंकका सहायक निर्देशक प्रकाश राईका अनुसार १८ लाखले डिजिटल बैंकिङ प्रयोग गर्ने गरेको बताए । त्यस्तै, एक करोड ५५ लाखले वालेट प्रयोग गर्ने गरेका छन् । क्यूआरबाट मात्र हरेक महिना २० अर्बको कारोबार हुने गरेको छ ।
इन्टरनेट वालेट सञ्चालनका लागि २७ वटा कम्पनीले अनुमति पाएका छन् । सबै हाल सञ्चालनमा नरहेको सहायक कार्यकारी निर्देशक राईले बताए ।
वार्षिक रुपमा इन्टरनेटबाट कारोबार गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय इन्टरनेटबाट नै रकम कारोबार गर्ने बढे पनि यसमा चुनौती बढेको सहभागीको भनाइ छ । यसले नियामक निकायलाई चुनौती बढेको भन्दै सजग भएर प्रविधिको प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भगवत आचार्यले सो अवसरमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पछिल्लो समय प्रविधिबाट कारोबार गर्ने बढे पनि झुक्याएर रकम निकाल्ने गिरोह सक्रिय रहेको बताए । उनले विद्युतीय माध्यमबाट कारोबार बढेपछि देशलाई फाइदा मिल्ने उनको भनाइ थियो । रासस

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस