एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नी च्यानलमा स्तरोन्नति
- गाउँ सहर संवाददाता
- १९ असार आइतबार, २०७९ | २०:११:०० मा प्रकाशित

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नी च्यालनमा स्तरोन्नति गरेको छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले ओम्नी च्यानलमा स्तरोन्नति गरेको बैंकले जनाएको छ ।
अब एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको सुरुवात गरेको बैंकले जानकारी दिएको छ ।
हालका एनआईसी एशिया मोबाइल बैंक प्रयोगकर्ताहरूले वर्तमान नयाँ एपलाई अपडेट गरी ओम्नी च्यानलमा स्तरोन्नति गर्न सक्ने बैंकले जनाएको छ ।
नयाँ ग्राहकले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी एप प्रयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।
‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एपबाट अधिकतम बैंकिङ सेवाहरू सहज एवं सरल रूपमा उपभोग गर्न सक्ने र निकट भविष्यमा अझ बढी सेवाहरू यस एपमार्फत दिने तयारी गरिरहेको बैंकले जनाएको छ ।
स्तरोन्नति पश्चात् यस एपबाट नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्स चलाउन, स्किम ट्रान्सफर, लकर सुविधा लिने लगायत सेवाहरू प्राप्त गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस