‘भर्जन एडिबीएल स्मार्ट प्लस’ मोबाइल बैंकिङमा विभिन्न सुविधाहरू
- गाउँ सहर संवाददाता
- २२ भदौ शुक्रबार, २०८० | १६:०२:०० मा प्रकाशित

काठमाडौँ । कृषि विकास बैंकले मोबाइल बैकिङ सिस्टममा अपग्रेड गरेको छ । डिजिटल एडिबीएल भन्ने नाराका साथ बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरिरहेको छ ।
बैंकको मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ताहरूको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज गर्न मोबाइल बैंकिङको नयाँ भर्जन ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङका अनुसार ‘भर्जन एडिबीएल स्मार्ट प्लस’ मोबाइल बैंकिङमा विभिन्न सुविधाहरू रहने छन् । जसमा मोबाइल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेबबाट लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैङ्किङ सेवा सरहको भुक्तानी सीमा कायम हुनेछ ।
त्यस्तै, बैंकले उपलब्ध गराएका डेबिट कार्ड, मुद्दती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरूको ब्याजदर, कारोबार रकम तथा मेच्युअरिटी डेट हेर्न सकिने, विभिन्न वालेटहरूमा ब्यालेन्स लोड गरी कारोबार गर्न सकिने, डेबिट कार्डको पिन विर्सेमा पुनः अनुरोध गर्न सकिने, चेक बुक तथा बैंक विवरण अनुरोध गर्न सकिने र बचत खातामा भएको रकमबाट मुद्दती खाता खोल्न सकिने लगायत सुविधाहरू यसमा रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस