नेपाल-चीन सिमानामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको झट्का
- गाउँ सहर संवाददाता
- २३ पौष मंगलबार, २०८१ | ०७:४२:०० मा प्रकाशित

काठमाडाैं । (आज) मंगलवार बिहान काठमाडौं लगायत आसपासका क्षेत्रमा क्षेत्रमा भूकम्पको धक्का तिब्बत र नेपालको सीमा डिंगे कान्टी केन्द्र भएर ७.१ म्याग्नेच्युडको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
अमेरिकाको भू-गर्भ संस्था यूएसजीसीले ७.१ र ५.२ रेक्टरका दुई वटा भूकम्प गएको बताएको छ ।
भूकम्पको प्रभाव पूर्वी नेपालमा बढी परेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।
बिहान ६:५० मा काठमाडौंलगायत मधेस र पूर्वी पहाडमा भूकम्पको धक्का महसुस गरेपछि मानिसहरू घर बाहिरसमेत निस्किएका थिए। कम्पन केही बेर महसुस गरिएको थियो ।
खानी तथा भूगर्भ विभागका भरत कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ ।
भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
- आज नागपञ्चमी पर्व, किन टाँसिन्छ त ढोकामा नागको चित्र ?
प्रतिकृया दिनुहोस