इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- एजेन्सी
- २८ मङ्सिर शुक्रबार, २०८१ | १५:५८:०० मा प्रकाशित

न्युयोर्क । टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कको सम्पत्ति ४ सय अर्ब अमेरिकी डलर नाघेको छ । योसँगै मस्कले नयाँ कीर्तिमान बनाएको ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सले जनाएको छ ।
इलन मस्कको सम्पत्तिमा यो वृद्धि स्पेसएक्स र त्यसका लगानीकर्ताबीचको सम्झौतापछि भएको ब्लूमबर्गले जनाएको छ । सम्झौताअनुसार करिब १ अर्ब २५ करोड डलर मूल्य बराबरका शेयर खरीद गरिएको भएको थियो । यसले कम्पनीको कुल मूल्य लगभग ३५० अर्ब डलर पुर्याएको छ ।
ब्लूमबर्गका अनुसार यो लेनदेनले मस्कको व्यक्तिगत सम्पत्ति करिब ५० अर्ब डलरले वृद्धि भइ ४ सय ४० अर्ब डलरसम्म पुर्याएको छ । इलन मस्कको सम्पत्ति मुख्यतः टेस्ला कम्पनीको शेयर मूल्यमा र स्पेसएक्सको बजार मूल्यांकनमा निर्भर छ ।
अमेरिकामा गत महिना भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भएसँगै टेस्ला र स्पेसएक्सको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो । चुनावी नतिजापछि टेस्लाको शेयर मूल्य करिब ६५ प्रतिशतले बढेको थियो । मस्क ट्रम्पका प्रमुख राजनीतिक दाता र समर्थक छन् ।
मस्कले रिपब्लिकनको अभियानमा झन्डै २ सय ७० मिलियन डलर लगानी गरेका थिए । ट्रम्पको विजयपछि मस्कले आफूलाई निरन्तर उनको निकट सहयोगीको रुपमा प्रस्तुत गरेका छन् । यहाँसम्म कि उनले आफ्नो स्पेसएक्स कम्पनीबाट टेक्सासमा गरिएको रकेट प्रक्षेपण हेर्न ट्रम्पलाई निम्तो दिएका थिए ।
ट्रम्पले मस्कलाई सरकारी खर्च कटौतीको जिम्मेवारीसहित सरकारी दक्षता विभागको जिम्मेवारी दिने घोषणा गरिसकेका छन् । मस्कका व्यवसायहरू अमेरिकी र अन्तर्राष्ट्रिय सरकारहरूसँग विभिन्न तहमा सम्बन्धित छन् । ट्रम्पसँगको निकटताले मस्कले आफ्ना व्यक्तिगत स्वार्थका लागि लाभ उठाउने प्रक्षेपण गरिएको छ ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
प्रतिकृया दिनुहोस