विश्व
जापानमा शिगेरु इसिबा पुनः प्रधानमन्त्री
- एजेन्सी
- २६ कार्तिक सोमबार, २०८१ | १६:४९:०० मा प्रकाशित

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्मा बहुमत प्राप्त गरेका छन् ।
संसद्मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गरेका हुन् । प्रधानमन्त्रीको मतदानका लागि बाटो खोल्न इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्मा मतदान भएको हो ।
गत अक्टुबरमा भएको मतदानमा इसिबाले पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्मा बहुमत गुमाएको थियो । ४ सय ६५ सदस्यीय संसद्मा एलडीपी–कोमेटो गठबन्धन २ सय १५ सिटमा खुम्चिएको थियो । तर कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विषेश अधिवेशनबाट उनी प्रधानमन्त्रीमा चयन भएका हुन् ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
- महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु, दर्जनौँ घाइते
- भ्रष्टाचार मुद्दामा बंगलादेशी पूर्वप्रधानमन्त्री खालिदाले पाइन् सफाइ
- भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार
- इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
प्रतिकृया दिनुहोस