विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
- एजेन्सी
- १ मङ्सिर शनिबार, २०८१ | १५:१८:०० मा प्रकाशित

सामाजिक सञ्जाल प्लाटफर्म ब्लुस्काई अहिले व्यापक चर्चामा छ । विश्वव्यापी रूपमा अत्यधिक डाउनलोड भएपछि यस साता बिहीबार ब्लुस्काई अवरुद्ध पनि भएको थियो ।
अमेरिकी राष्ट्रपतीय चुनावपछि २० लाखभन्दा बढी प्रयोगकर्ता ब्लुस्काईतर्फ आकर्षित भए, जसले गर्दा यस एपका प्रयोगकर्ताहरूको संख्या हालसम्म १ करोड ६७ लाख पुगेको छ । पछिल्ला ९० दिनमा यो संख्या दोब्बरले वृद्धि भएको हो ।
विशेषगरी उत्तरी अमेरिका र बेलायतबाट ठूलो संख्यामा मानिसहरूले ब्लुस्काई चलाउन थालेको द गार्डियनले जनाएको छ ।
यसले गर्दा गत सेप्टेम्बरमा ९० लाख प्रयोगकर्ता रहेको एपमा अहिले ह्वारह्वार्ती संख्या बढिरहेको छ । एकै दिनमा ५ लाख नयाँ प्रयोगकर्ता थपिइरहेको कम्पनीको दाबी छ । ब्लुस्काईमा यसरी नयाँ प्रयोगकर्ताको संख्या बढाउन अमेरिकी राष्ट्रपतीय चुनावको नतिजाले भूमिका खेलेको छ ।
विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको स्वामित्वमा रहेको एक्स (ट्वीटर) बहिष्कार गर्दै कतिपयले यसको वैकल्पिक प्लाटफर्मका रूपमा ब्लुस्काईलाई लिएका छन् ।
सन् २०२२ मा तत्कालिन ट्वीटर खरिद गरेर इलन मस्कले यसको नीलो चेकमार्क, सबस्क्रिप्सन र अन्य फिचरहरूमा फेरबदल गरेपछि ट्वीटरका थुप्रै प्रयोगकर्ता एवं प्रभावशाली व्यक्तीहरू ब्लुस्काईजस्ता वैकल्पिक प्लाटफर्मतिर मोडिएका थिए । सन् २०१९ मा ट्वीटरले नै सञ्चालनमा ल्याएको ब्लुस्काई ठ्याक्कै पहिलाको ट्वीटरजस्तै देखिन्छ ।
ट्वीटरका पूर्वप्रमुख ज्याक डोर्सीले नै ब्लुस्काई पनि बनाएका थिए । तर हाल ब्लुस्काई ट्वीटर र डोर्सी दुवैबाट अलग भइसकेको छ ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
प्रतिकृया दिनुहोस