विश्व
भ्रष्टाचार मुद्दामा बंगलादेशी पूर्वप्रधानमन्त्री खालिदाले पाइन् सफाइ
- एजेन्सी
- ३ माघ बिहीबार, २०८१ | ०९:५३:०० मा प्रकाशित

बंगलादेश। बंगलादेशको सर्वोच्च अदालतले बुधबार पूर्वप्रधानमन्त्री तथा बिएनपी नेतृ खालिदा जियालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
सर्वोच्च अदालतले उच्च अदालतको फैसला उल्टाउँदै खालिदाको १० वर्षको सजायलाई खारेज गरेको हो। उनी गत अगस्टमा जेलबाट छुटेकी थिइन्।
७९ वर्षीय पूर्वप्रधानमन्त्रीले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन दायर गरेकी थिइन्। प्रधानन्यायाधीश डा. सैयद रफतको अध्यक्षतामा रहेको इजलासले उक्त फैसला सुनाएको हो। अदालतले फैसलाको कारण खालिदा र अन्यविरुद्ध बदला लिने नियत रहेको उल्लेख गरेको छ।
ढाका ट्रिब्यूनको रिपोर्टअनुसार खालिदा जियाबाहेक, बीएनपी कार्यवाहक अध्यक्ष तारिक रहमान र अन्यलाई पनि रिहा गरिएको छ। उनीहरू सबैलाई जिया अनाथालय ट्रस्ट घोटाला प्रकरणमा दोषी ठहर गरिएको थियो।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
प्रतिकृया दिनुहोस