नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गर्याे
- एजेन्सी
- १६ कार्तिक शुक्रबार, २०८१ | ०८:२२:०० मा प्रकाशित
नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा पूर्व विजेतामाथि ६ विकेटको सानदार जित हात पारेको हो ।
इङ्ग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो नेपालको जितमा कप्तान सन्दीप जोराले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५० रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २० रन बनाए ।
५० रन बनाउदै कप्तान सन्दीप रिटार्यट आउट भए पछि राशिद खान क्रिजमा आएका थिए । राशिद खानले ५ बलमा २ चौका र २ छक्काको सहयोगमा नट आउट २१ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
प्रतियोगितामा नेपाल समूह बीमा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ गते रहेको छ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।
समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
- महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु, दर्जनौँ घाइते
- भ्रष्टाचार मुद्दामा बंगलादेशी पूर्वप्रधानमन्त्री खालिदाले पाइन् सफाइ
- भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार
- इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
- २०२४ हालसम्मकै सर्वाधिक गर्मी वर्ष
- जापानमा शिगेरु इसिबा पुनः प्रधानमन्त्री
प्रतिकृया दिनुहोस