अर्थतन्त्र

सुस्तायाे शेयरबजार, लगानीकर्ता निराश !

काठमाडाैं । शेयरबजार परिसूचक नेप्से बुधबार घटेर बन्द भएको छ।

यसदिन नेप्से परिसूचक ४ अंक घटेर २५७६.७६ विन्दुमा झरेको छ। बजार निरन्तरजसो घटेसँगै कारोबार रकम सुस्ताउन थालेको छ।

यस दिन ३२० स्टकको ८० हजार ३७८ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड ३९ लाख ५२ हजार कित्ता शेयर खरिबिक्री भएको छ। यस दिनको कारोबार रकम पछिल्लो करिब साढे २ महिना यताकै न्यून कारोबार हो। यस अघि गत असार २६ गते नेप्सेमा ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको थियो। सोपश्चात यस दिन नै न्यून कारोबार भएको हो।

यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने रावा इनर्जी र भुगोल इनर्जीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुडविल फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ६.७७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब १७ करोडको शेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत