धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गाउँ सहर संवाददाता
- २९ कार्तिक बिहीबार, २०८१ | ०७:३४:०० मा प्रकाशित
काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी [ब्रोकर]को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०-८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् ।
धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ ।
यस्तै धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन् ।
नेप्सेका अनुसार हालसम्म दर्ता भएकामध्ये दुई कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा अनुमति पाएका छन् भने बाँकी ८८ वटाले सीमित कार्य गर्न अनुमति पाएका छन् । पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालन सेक्युरिटिज लिमिटेड रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताकाे अन्तिम दिन शेयर बजार उकालाे
- पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने फैसला
- नेपाल लाइफले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमायाे
- द ब्रिटिस कलेजमा करियर फेस्ट २०२४ हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने प्रयास
- उद्योगीलाई बिजुलीकाे महसुल तिर्न विद्युत प्राधिकरणकाे १५ दिने सूचना, नत्र लाइन काटिने
- गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
- कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने
- आइसिसी यु –१९ महिला टी–२० मा नेपाल विजयी बन्दै विश्वकपका लागि छनोट
- शेयर : नेप्सेमा दोहोरो अंककाे गिरावट
- देउती बज्यै मन्दिरका पुजारी मृत फेला
प्रतिकृया दिनुहोस