साताकाे अन्तिम दिन शेयर बजार उकालाे
- गाउँ सहर संवाददाता
- २९ कार्तिक बिहीबार, २०८१ | १८:४४:०० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ९५ अंकले बढेर दुई हजार सात सय ४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३३ अंकले उकालो लागेर चार सय ८६ दशमलव शून्य तीनमा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको हो । कूल दुई करोड १६ लाख ६० हजार छ सय ३९ कित्ता शेयर १० अर्ब ३२ करोड तीन लाख ३१ हजार चार सय ३६ मूल्यमा कारोबार भएको छ । यस्तै, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ ।
न्यादी ग्रुप पावर नौ दशमलव ७९ र माछापुच्छ्रे बैंकको लगानीकर्ताले नौ दशमलव ५६ प्रतिशतले कमाएका छन् । त्यस्तै, रावा इनर्जी नौ दशमलव १२, कुर्थली कुखरी स्मल हाइड्रोपावर सात दशमलव ३२, पिपल्स हाइड्रोपावर छ दशमलव ०८, सुपर माई हाइड्रोपावर चार दशमलव ९२ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले चार दशमलव ३६ प्रतिशतले गुमाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेविसंघद्वारा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक
- अरुका लागि मिसन ८४ होला तर काङ्ग्रेसका लागि मिसन नेपाल हो – सरस्वती गुरुङ
- सुनकाे भाउ अहिलेसम्मकै महँगाे
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
प्रतिकृया दिनुहोस