उद्योगीलाई बिजुलीकाे महसुल तिर्न विद्युत प्राधिकरणकाे १५ दिने सूचना, नत्र लाइन काटिने
- गाउँ सहर संवाददाता
- २९ कार्तिक बिहीबार, २०८१ | ०८:३५:०० मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने भन्दै आज एक सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।
विद्युत महशुलको बक्यौता नतिरेको भन्दै प्राधिकरणले विभिन्न उद्योगमा लाइन काटेको थियो।
मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले लाइन काटिएका उद्योगहरूमा एक साताभित्र लाइन जोडिसक्न प्राधिकरणलाई निर्देशन दिएको थियो। साथै १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि बैठकले गरेको थियो।
त्यसपछि कात्तिक २७ गते प्राधिकरणको सञ्चालक समितिको बैठक बसी सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेपछि उद्योगहरूमा लाइन जोडिएको थियो।
मन्त्रिपरिषद् बैठक र सञ्चालक समितिको निर्णयअनुसार नै १५ दिनभित्र तिरिसक्न प्राधिकरणले त्यस्ता उपभोक्ताहरूलाई आग्रह गरेको हो।
'सोही अनुरूप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी-वान, टि-टु र टि-थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला। अतः उक्त बिल अनुसारको बक्यौता महशुल १५ दिन अर्थात २०८१ मंसिर १२ गते भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,' सूचनामा भनिएको छ।
तोकिएको समयमा बक्यौता महशुल भुक्तानी नभएमा नियमानुसार भइजाने पनि प्राधिकरणले जानकारी दिएको छ।
मंगलबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिन भित्र बक्यौता तिर्न नआए पुनः बिजुली काटिने बताएका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस