नेपालले आज क्यानडाविरुद्ध खेल्दै
- गाउँ सहर संवाददाता
- ३१ भदौ सोमबार, २०८१ | ०८:१३:०० मा प्रकाशित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ ।
नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ ।
क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।
नेपालले लिग-२ मा अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत, विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि
- स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता, कुन-कुन दलले जितेका ठाउँमा खाली ?
- कोसीका मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत दुई तिहाइ
- सुस्तायाे शेयरबजार, लगानीकर्ता निराश !
- दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी
- चढ्ने हाेइन त धरहरा ! भोलिदेखि सर्वसाधारणका लागि खुला, प्रवेश निःशुल्क
- मिस नेपाल वर्ल्ड आश्माकुमारी केसीले राजनीति र मिस नेपालको ताजबीच एक रोज्नु पर्ने
- मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी राप्रपाकाे केन्द्रीय सदस्यमा छनाेट
- काठमाडाैं वडा ८ बाट पारालिम्पिक पलेसा र प्रशिक्षक कविराज नगद राशीसहित सम्मानित
- अबको १० वर्षपछि वृद्ध भत्ता दिन सकिँदैन, रोग लाग्न नदिनमा बढी जोड गराैँ : मन्त्री पौडेल
प्रतिकृया दिनुहोस