राजनीति

मिस नेपाल वर्ल्ड आश्माकुमारी केसीले राजनीति र मिस नेपालको ताजबीच एक रोज्नु पर्ने

काठमाडौँ । मिस नेपाल वर्ल्ड आश्माकुमारी केसीले राजनीति र मिस नेपालको ताजबीच एक रोज्नु पर्ने भएको छ ।

मिस नेपाल भएकै समय आश्मा सक्रिय राजनीतिमा लागेमा मिस नेपाल आयोजक हिडन ट्रेजरसँग भएको संझौता उल्लंघन हुनेछ । राजनीतिमा लाग्ने भए आश्माले मिस नेपालको ताज त्याग्नु पर्नेछ । यस विषयमा आश्माले हालसम्म के गर्ने भनेर मुख खोलेकी छैनन् ।

मिस नेपाल आयोजकसँग भएको संझौता अनुसार, मिस नेपाल कायम रहँदै उनलाई अरु संस्था वा राजनीतिमा सक्रिय हुन छुट छैन, त्यसैले उनले दुईमध्ये एक रोज्नु पर्नेछ । सौन्दर्य प्रतियोगितामा हुने यो विश्वव्यापी प्रलचन हो ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनि उमेरका केन्द्रीय सदस्य छनौट भएको सूचीमा आश्माको नाम प्रकाशन गरेको थियो ।

गत साउन १८ मा सन् २०२४ को मिस नेपाल वर्ल्ड उपाधि आश्माले जितेकी थिइन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत