कोसीका मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत दुई तिहाइ
- गाउँ सहर संवाददाता
- २ असोज बुधबार, २०८१ | १७:३२:०० मा प्रकाशित

काठमाडाैं । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। दुई तिहाइ मतसहित उनले विश्वासको मत प्राप्त गरेका हुन्।
मत बिभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। नेकपा एकीकृत समाजवादीका २ जनाले भने मतदान गरेनन्। सभामा प्रदेश बैठकमा ८३ सदस्य उपस्थित रहेका थिए।
यसअघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए। गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले आज पुनः विश्वासको मत लिनुपरेको हो।
कोसी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन्। नेकपा एमालेका ४० ,नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाक १ प्रदेश सभा सदस्य छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस