अबको १० वर्षपछि वृद्ध भत्ता दिन सकिँदैन, रोग लाग्न नदिनमा बढी जोड गराैँ : मन्त्री पौडेल
- गाउँ सहर संवाददाता
- २ असोज बुधबार, २०८१ | १३:२८:०० मा प्रकाशित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्।
बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए।
उनले अहिले समाज को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको बताए। उनले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गरे। उनले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताए। उनले यस्तै रुपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्ष भन्दा माथिको संख्या बढी हुने दाबी गरे। खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए।
उनले भने, ‘हाम्रो कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ। उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो पनि अलि बढी छ। तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ? यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र नेपालमा ५० वर्ष भन्दा माथिको संख्या बढी हुन्छ। त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन।'
मन्त्री पौडेलले अस्पतालहरुले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको बताए। उनले देशमा कुनै पनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शुरू भयाे चाडपर्व लक्षित सहुलियत मूल्य पसल
- फरक मतसहित १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन
- नेपालमा दूतावास स्थापना गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
- जित नजिक पुगेकाे नेपाल ओमानसँग पराजित
- विभिन्न कार्यक्रम गरि आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै
- उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत, विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि
- स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता, कुन-कुन दलले जितेका ठाउँमा खाली ?
- कोसीका मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत दुई तिहाइ
- सुस्तायाे शेयरबजार, लगानीकर्ता निराश !
- दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी
प्रतिकृया दिनुहोस