गाउँ सहर

यी १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । 

विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएको सोमबार प्रकाशित सूचनामा उल्लेख छ । 

 कार्यालयले आजको दिनदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने जनाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत