खेल

संवैधानिक परिषद्को बैठक आज बस्दै, हाेलान् यी निर्णय ?

काठमाडाैं । संवैधानिक परिषद्को बैठक सोमबार बस्दैछ। संवैधानिक परिषद्को बैठक साँझ पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको नयाँ सचिवालयमा बस्ने तय भएको हो।

आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने कार्यसूची रहेको छ।

शुक्रबार पनि संवैधानिक परिषद्को बैठक बसेको थियो। प्रधानन्यायाधीश सिफारिसबारे छलफल भए पनि बैठकमा निष्कर्षमा पुग्न सकेको थिएन।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन्। नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाई पनि गर्नुपर्ने प्रावधान छ।

यसअघि नै न्यायपरिषद्ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदलाई पठाइसकेको छ।

न्यायपरिषद्ले न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको छ।

सिफारिसमध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम सिफारिस गर्ने सम्भावना रहेको छ।

संवैधानिक परिषदले अरू तीन वटा पदमा सिफारिस गर्नुपर्नेछ। निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा एक–एक वटा पद रिक्त छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत