राजनीति

एमालेले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने

  • २२ असोज बिहीबार, २०८३ | १९:५३:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा जारी स्थायी कमिटी बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको नेता लेखराज भट्टले जानकारी दिए।

उनका अनुसार एमालेले वडा र पालिकाको अधिवेशन गर्ने समेत निर्णय गरेको छ। जसमा वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ मा गर्ने निर्णय गरेको नेता भट्टले जानकारी दिए।

उनका अनुसार पार्टीले त्यसपछि प्रदेश स्तरीय भेला पनि आयोजना गर्नेछ।

तपाईँको मत