खेल

एघारौं पोखरा महोत्सव सुरु : महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्ने मुख्यमन्त्रीकाे भनाइ

पोखरा। बुधवारदेखि पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने बताए । कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिलता लिन नसकिरहदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुगेको उनको भनाइ रहेको थियो । 

युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको बताउँदै मेला महोत्सवमा हुने ब्यापारिक स्टलहरुमा स्वदेशी उत्पादनलाई जोड दिनसमेत अधिकारीले आग्रह गरे ।

युवाहरुलाई स्वदेशमै रोक्नका लागि पनि स्वदेशी उत्पादनका सामग्रीहरुको उत्पान आवश्यक रहेको उनको भनाइ रहेको थियो । 

गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ श्यामले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको बताउँदै युनाइटेडले लिएको उद्देश्य अनुसारको गतिविधीमा सहयोग र साथ दिने बताए । गण्डकी प्रदेशमा आर्थिक गतिविधी बढाउन र पर्यटकीय गतिविधी बढाउनका लागी पोखरा महोत्सवले उल्लेख्य भूमिका खेलेको उनले बताए । 

गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले महोत्सवकै आयोजना गरी सामाजिक कामसँगै पर्यटकीय गन्तब्य निर्माणका लागि समेत अगाडि बढ्नु आफैँमा चुनौती रहेको बताउँदै यसका लागि सम्पूर्ण पोखरेलीले सहयोग गर्नुपर्ने धारणा राखे ।  

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य प्रकाश वरालले उद्देश्य सबैले लिएपनि पुरागर्न गाह्रो हुने बताउँदै युनाइटेड क्लवले आफ्नो उद्देश्यप्रति कटिवद्ध रहेको एकमात्र क्लब रहेको बताए ।

पोखराको जिल्ला प्रशासन कार्यालय कास्कीमा धेरै संस्थाहरु दर्ता र नविकरणकै बीच हराइरहँदा युनाइटेड क्लव एकमात्र गण्डकी पैदेश सरकारलाई नै ध्यान केन्द्रीत बनाउने क्लब बनेको बताउदै पोखरा ताल र हिमाल हेर्ने शहर मात्र नभइ सेती नदीको बारेमा कोही कसैले चासो नदिइरहँदा क्लवले पहलकदमी गरेर सेती खोंचलाई शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा अगाडि बढिरहेकाले त्यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको समेत बताए । 

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्व बहादुर गुरुङले युनाइटेड क्लवसँग आफुले स्थापना कालदेखि नै सहकार्य गर्दै आइरहेको र युनाईटेड क्लबले छोटो समयमानै आफुलाई स्थापित बनाउन सफल भएको बताउँदै आगामी दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । 

सम्पूर्ण वडाहरुको प्रतिनिधीत्व गर्दै पोखरा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले महोत्सव मार्फत आर्थिक चलायामानसँगै कला संस्कृतिको जगेर्ना हुने बताउँदै युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम अगाडि बढाइरहँदा आगामी दिनमा आफ्नो वडासँगै महानरबाट समेत सहयोगका लागि पहल गर्ने बताए । 

त्यस्तै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी शान्ति सुरक्षाको दृष्टीले कुनैपनि कसर बाँकी नराखी सुरक्षा निगरानीलाई चुस्त दुस्त बनाउने बताए । 

त्यस्तै अमरसिंह माविका प्रध्यानाध्यापक तेजस्वी वरालले युनाईटेड क्लवले अमरसिंहमा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडि बढाइरहँदा अमरसिंह माविको समेत सामाजिक काममा अप्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउँदै युनाइटेड क्लबको हरेक गतिविधीमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।

त्यस्तै कोलपाटन आमा समुको अध्यक्ष सावित्री पौडेलले पोखरा महोत्सवले संघ संस्थाहरुलाई सहभागी बनाइ आफुहरुलाई पनि सामाजिक भावमा सहकार्य गराउन सफल भएको बताइन् । 

युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवले एघारौं संस्करणसम्म आइपुग्दा पोखरामा खुल्ला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको र एघारौँ महोत्सवदेखी पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई एक शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीहरुका लागि आवाशिय ब्यवस्था सहितको शिक्षालय निर्माण गर्न तर्फ लाग्ने उनले बताए । शिक्षा, स्वास्थ्य खेलकुदका गतिविधीलाई भने निरन्तरता दिने उनको भनाइ रहेको थियो । 

युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।

यसैगरी महोत्सव पूर्व पोखरा रंगशालादेखी महोत्सव स्थल सम्म झाँकी तथा र्यालीको आयोजना गरिएको थियो । उक्त झाँकी तथा र्यालीमा झाँकीतर्फ नेपाल मगर संघ रामबजार इकाइले प्रथम स्थान हासिल गरेको छ ।

भुरुँदी स्यो बौद्ध अर्घौ तमु समाज द्वीतिय, डढुवा दुर्छा लम्जुङ तमु समाज तृतिय र थारु समाज कास्कीले शान्तवना स्थान हासिल गर्न सफल भयो भने र्यालीतर्फ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा १० प्रथम, सुनकोशी आमा समुह पोखरा १० द्वीतिय, नेपाल तामाङ घेदुङ संघ कास्की तृतीय र नागवेली शिर्जनशील आमा समुहले सान्तवना स्थान हासिल गर्न सफल भयो । 

महोत्सवको पहिलो दिन लोक दोहोरीतर्फ प्रजापति पराजुली, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरला पाण्डे, तुलसा जिसी, रमा राना, दिपक अधिकारी लगायतले लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए भने साँझको लाइभ कन्सर्टतर्फ रहस्य र सैनिक साभियरको प्रस्तुती रहेको थियो ।

महोत्सवको दोश्रो दिन लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदिप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जि.सी. नवराज अधिकारी लगायतको प्रस्तुती रहनेछ भने हास्य ब्यङ्ग्यतर्फ कमेडियन जादुगर दिपक थापा मगरको प्रस्तुती रहनेछ भने लाईभ ब्याण्ड तर्फ द स्क्रयाच जर्नीको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

तपाईँको मत