गाउँ सहर

पोखराको अमरसिंह चौरमा नवौँ पोखरा महोत्सव सुरु

पोखरा । युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा शुक्रबारबाट नवौँ संस्करणको पोखरा महोत्सव सुरु भएको छ ।

महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे ।

महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले युवाहरुले नेपालमानै उद्योग व्यवसाय गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सम्भावना बोकेको प्रदेश भएकाले यहांका युवाहरुले आफु उद्यमी बन्दै अन्यलाई पनि रोजगार दिन उनले आग्रह गरे ।

पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले युनाइटेड क्लवको महोत्सवकै योगदानले चिडियाखाना निर्माण शुरु भएको र यो अभियान तीब्र रुपमा अगाडि बढिरहँदा खुशी लागेको बताए । त्यस्तै प्रकृति सरंक्षण कोषका पूर्व सदस्य सचिव तथा चिडियाखाना विज्ञ जुद्ध बहादुर गुरुङले पोखरामा बन्ने जुलोजिकल पार्क नेपालकै खुल्ला चिडियाखाना अवधारणामा निर्माण हुने भएकाले जीवजन्तुको संरक्षणमा ठूलो टेवा पुग्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, मुख्य प्रायोजकको तर्फबाट मुख्य प्रायोजक प्रतिनिधि सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश कुमार चौधरी पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेल,महोत्सवकै आयोजना गरी पोखरामा खुल्ला चिडियाखाना अवधारणामा पचभैयामा जुलोजिकल पार्क निर्माणको काम तीब्र रुपमा अगाडि बढिरहेकामा खुसी व्यक्त गरेका थिए ।

युनाइटेड क्लवका अध्यक्ष तथा मुल समारोह समितिका संयोजक लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनैतिक दललाई प्रतिनिधि गर्दै नेकपा कास्कीका जिल्ला संयन्त्र सदस्य दामोदर बैरागी, वडा नम्बर १२ का अध्ययक्ष राम बहादुर कार्की, अमरसिंह माविका तेजस्वी वराल, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष सन्जीव बहादुर कोइराला, शान्ती दर्शन महिला समुहकी अध्यक्ष दिलमाया गुरुङ लगायतले महोत्सवको सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन क्लवका महासचिव तथा प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले गरेका थिए

तपाईँको मत