बरालको बहुआयामिक व्यक्तित्व अनुकरणीय
- विष्णुहरि पाैडेल
- २७ कार्तिक सोमबार, २०८० | ०६:२०:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ बाघमाराका एक युवा आफ्नो बहुआयामिक अनुकरणीय व्यक्तित्वका कारण चर्चामा छन् । समाजमा युवाहरुले परिवर्तनका लागि उदाहरणीय काम गरेर अनुकरणीय बन्न सक्छन भन्ने गतिलो उदाहरण बनेका छन् डिल्लीराम बराल ।
बरालको दैनिकी व्यस्ततामै बित्ने गर्दछ । पोखरा महानगरपालिका वडा नं १३ आर्वामा रहेको रतन पाण्डे माविका प्रधानाध्यापक समेत रहेका उनले आफ्नो विद्यालयको समयबाहेकको समयलाई समाजसेवामै निरन्तर लगाइरहेका देखिन्छन् । उनको असल नेतृत्वकै कारण उक्त विद्यालयले पनि निकै फड्को मारिसकेको छ ।
नेपाल रेडक्रस सकोसाइटी कास्कीमा आवद्ध भएर मानवीय सेवामा उनले गरेका काम उत्कृष्ट छन् । लकडाउनका समयमा विपन्न परिवारका लागि खाद्यान्नको जोहो गर्न खटिएर लाग्ने तथा कोभिडको महामारीका समयमा बजारमा देखिएको रगतको अभावलाई पुरा गर्न पटक पटक आकस्मिक रक्तदानको आयोजना गरी रगत संकलन गर्ने बराल जागिरबाट फुर्सद भयो कि समाजसेवामा लागिहाल्छन् ।
स्थानीय स्तरको विकास निर्माणमा युवाको सहभागीता बढाउन र वडासंग समन्वय गर्न समुदायसँगको सामीप्यता भन्ने नाराका साथ उनले भरतपोखरी विकास मञ्चको स्थापना गरी उनले स्थानीय सँस्कृतिको जगेर्नामा पनि योगदान पु-याएका छन् ।
सहकारी अभियन्ताका रुपमा उनले समाजमा पु-याएको योगदान अतुलनीय रहेको छ । बाघमारा सहकारीको स्थापना तथा एग्रो टुरिजम सहकारीको स्थापना गरेर मात्रै हैन उनले कोप्स पे्रसिडेन्टस् सोसाइटी मार्फत सहकारीहरुलाई कसरी व्यवस्थित बनाई अगाडि लैजान सकिन्छ भन्ने वारेमा सहकारीका अध्यक्षहरुको भेला गराई बहस गराएका छन् ।
सामाजिक कार्यमा सक्रिय रहँदै उनले घरछेउमै रहेको शिशुकल्याण आधारभूत विद्यालयमा महायज्ञ सम्पन्न गरी कक्षा १२ सम्म सञ्चालन गर्न विशेष भूमिका निर्वाह गरेका छन् । आफैं पढेको विद्यालय सरस्वती टीका माविलाई १२ कक्षा बनाउँन तथा सरस्वती टीका बहुमुखी क्याम्पस स्थापनामा उनले खेलेको भूमिका निकै महत्वपूर्ण छ । हाल क्याम्पस भवन बनाउन देउसी भैलो गरिरहेका बराल त्यस भेकका विद्यार्थीलाई उच्च शिक्षाका लागि टाढा धाउन नपर्ने गरी आफूलगायत क्याम्पस व्यवस्थापन समिति खटिरहेको बताउँछन् । यसका लागि उनले त्यस क्षेत्रमा क्रियाशील आमा समूहहरु, संघसंस्था र युवाहरुको साथ सहयोगलाई सम्झिए ।
स्थानीय तहसँग समन्वय गरी विभिन्न कार्यक्रम लिएर निस्वार्थ समाजसेवामा उनी लागिरहेका छन् । उनका यस्ता सराहनीय कार्यहरु अन्य समाजका लागि केही गर्छु भन्ने युवाहरुका लागि अनुकरणीय बनेको पाइन्छ ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस