पोखरामा प्रथम राष्ट्रिय नाथ सम्मेलन सम्पन्न
- विष्णुहरि पाैडेल
- २७ भदौ बुधबार, २०८० | ०७:१३:०० मा प्रकाशित

लेखनाथ । मानव जगतको कल्याणका लागि धार्मिक भावना जगाउने उद्देश्यका साथ नेपालभरिका विभिन्न मठ, मन्दिर तथा आश्रममा रहेका पीठाधिस तथा धार्मिक गुरुहरुलाई एकै ठाँउमा जम्मा गरी प्रथम राष्ट्रिय नाथ सम्मेलन मंगलवार सकिएको छ ।
यही भदौ २५ गतेबाट पोखरा ३१ को शिव गोरक्षनाथ पीठ शिद्धाश्रममा नेपाल भरिबाट करिव एक सय ८३ मठ मन्दिर तथा पीठहरुका सन्तमाहात्माहरुको
उपस्थितीमा सुरु भएको सम्मेलनले योगी बलभद्रनाथ जी महाराजको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
योगी नरहरिनाथको परिकल्पनामा अनुरुप धार्मिक भावना जगाउने अभियान अन्तरगत संचालन भएको सो भेलाले उपाध्यक्षमा योगी वृहस्पती नाथ जी महाराज, योगी गोविन्द नाथ जी महाराज,महासचिवमा योगी दया नाथ जी महाराज,सचिवमा योगी वसन्तनाथ जी महाराज र कोषाध्यक्षमा योगी विष्णुनाथ जी महाराजलाई चयन गरेको हो ।
यसैगरी समितिको सदस्यहरुमा योगी राजेन्द्रनाथ जी महाराज, योगी षडानन्दनाथ जी महाराज, योगी देवीनाथ जी महाराज, योगी ओमकारनाथ जी महाराज, योगी गणेशनाथ जी महाराज, योगी जगन्नाथ जी महाराज, योगी दिलिीपनाथ जी महाराज, योगी रोमनाथ जी महाराज र योगी होमनाथ जी महाराजलाई चयन गरेको छ भने सस्थाको प्रमुख संरक्षकमा योगी श्रीषनाथ जी महाराजलाई चयन गरेको हो ।
यसैविच सम्मेलन पुर्व भदौ २५ गते बेगनासतालको मन्दरेपार्कबाट जलकलश सहितको शोभा यात्रा निकालि एको थियो । वि स २०४१ सालमा योगी नरहरीनाथले महायज्ञ लगाएको ठाउ पोखरा ३१ के पचभैयाको शिव गोरक्षनाथ पीठ शिद्धाश्रममा भएको भेलामा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा। जगमान गुरुङले कार्यपत्र प्रस्तुत गर्दै परापुर्वक देखि चल्दै आएको रितिरिवाजलाई जोगाई राख्नु हामी सवैको कर्तब्य भएको बताएका थिए ।
राष्ट्रिय सम्मेलनमा विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिका अध्यक्ष अस्मिता भण्डारीले नाथ सम्मेलनको उदेस्य,धर्म जागरणका लागि नेपालमा मठ मन्दिरको संरक्षण अनिवार्य भएको विचार राखेकी थिईन् ।
शिव गोरक्षनाथ पीठ शिद्धाश्रमका संरक्षक योगी बलभद्रनाथ जी महाराजको अध्यक्षतामा भएको कार्यक्रममा सम्मेलनका सदस्य सचिव डा। दयानाथ जी महाराज, योगी छत्रनाथ महाराज,वागेश्वरी पीठका प्रतिनिधी सोमनाथ पोख्रेल, शिव गोरक्षनाथ पी ठ शिद्धाश्रमका अध्यक्ष भरतप्रसाद तिवारी,उपाध्यक्ष कृष्ण प्रसाद ढुगाना र प्रचार प्रसार उप समितिका संयोजक राममणि अधिकारी लगाएतले धर्मको रक्षाका लागि नेपाल अभियान संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस