कवि लेखनाथको सम्झनामा कविता प्रतियोगिता
- विष्णुहरि पाैडेल
- ३१ बैशाख आइतबार, २०८० | ०७:४१:०० मा प्रकाशित

लेखनाथ । कवि शिरोमणि लेखनाथ पौडेलको सम्झनामा राखिएको कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
कविको जन्म स्थल अर्घौँ अर्चलेमा भएको प्रतियोगितामा सहभागी दुई सय ५१ कवि/कवयत्रीहरुबाट विभिन्न चरणको विधीबाट छनोट भएका १७ जना प्रतिस्पर्धी मध्यबाट दैलेखका दीपिन सिजापति प्रथम भएका हुन् ।
यसैगरी कविता लेखन तथा वाचनका आधारमा गरिएको मुल्याङ्कनबाट बुटवलका गोपालप्रसाद आचार्यले द्वितीय, कपिलवस्तुका जोशिका कँडेलले तृतीय र नुवाकोटका एलिसा एकलासलाई प्रोत्साहन प्रदान गरेका थिए ।
कार्यक्रममा विभिन्न जिल्लाबाट आएका कवि कवयत्रीहरु प्रदिप ढुंगाना, सुरज पराजुली, यमुना न्यौपाने, सरला क्षेत्री, अनन्त पाण्डे, सुजाता वस्याल, नवराज न्यौपाने, जनक कार्की, विजय तामाङ, स्मिता श्रेष्ठ र खेमराज शर्माले प्रतिस्पधी रुपमा कविता वाचन गरेका थिए भने अन्यले अप्रतियोगीका रुपमा कविता वाचन गरेका थिए ।
कवि शिरोमणि लेखनाथ पौडेलको सम्मानका खातीर पहिलो पटक पोखरा महानगरपालिका र लेखनाथ साहित्य प्रतिष्ठानको आयोजना तथा पोखरा प्रज्ञा प्रतिष्ठान ,गण्डकी प्रज्ञा प्रतिष्ठान र कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको सहकार्यमा कार्यक्रम भएको हो ।
पुरस्कार बितरण गर्दै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले नेपाली साहित्यको श्रीबृद्धिका लागि राज्यले पनि ध्यान दिनु पर्नेमा जोड दिँदै कविहरुले कविता मार्फत दिएको शन्देसलाई आत्मसाथ गर्नु पर्ने धारणा राखेका थिए ।
लेखनाथ साहित्य प्रतिष्ठानका उपाध्यक्ष छवि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुर्य खड्का विखर्ची र कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपी पौडेल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पूर्ण कुमार गुरुङ लगायतले आ-आफनो धारणा राखेका थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- कृषिकै भरमा संयुक्त परिवार पाल्दै पोखरा रिठेपानीका ‘अरबे साईंला’
- पोखरामा प्रथम राष्ट्रिय नाथ सम्मेलन सम्पन्न
- भजन चुड्कामा देवीस्थान भजन समूह प्रथम
- पोखराको लामगादीमा गाईजात्रा महोत्सव तथा तायामचा नृत्य प्रतियोगिता हुने
- पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पीडित संर्घष समितिद्वारा ज्ञापन पत्र
- कागवेनीमा सहयोग पठाउँदै, नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे
- लेउवा संघको महासचिवमा तिवारीले उमेदवारी दिने
- लेउवाकाे २७ औं स्थापना दिवस, पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष
- विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सधैँ सँगै छ : मुख्यमन्त्री पाण्डे
- पोखरा २९ मा किसान महासंघकाे आयोजना असार १५
प्रतिकृया दिनुहोस