दृष्‍टिकोण

महिला परिवर्तनका संवाहक : उद्यमशीलताले आत्मनिर्भरता बढ्दो  

महिला परिर्वतनका संवाहक भएको हुँदा अर्थतन्त्रमा उनीहरुको योगदान पछिल्ला दिनहरुमा बढिरहेको छ । लैंगिक समानताको कुरा गरिरहँदा व्यवहारमा भने बेलाबखत कार्यस्थलमा हुने हिंसादेखि महिलाप्रति हुने विभेद र दुव्र्यवहारका घटनाले प्रश्न उव्जाईरहेको छ । आर्थिक, सामाजिक र राजनीतिक परिर्वतनको लागी महिलाको भुमिका महत्वपूर्ण हुने हुँदा हरेक क्षेत्रमा महिला सहभागिता अपरिहार्य देखिन्छ । महिला सहभागिता हेर्दा पर्यटन, कृषि, उद्याेग, वाणिज्य, व्यापार, बैंकिङ्ग र विभिन्न व्यवसाय लगायतमा दिनहुँ बढ्दो छ जसले महिलाको उद्यमशीलताको विकासको साथै आत्मनिर्भरतालाई बढाईरहेको छ ।

विभिन्न विश्वविद्यालयको परिक्षाको परिणाम हेर्दा समेत महिलाहरुले तुलनात्मक रुपमा पुरुषलाई उछिनेको देखिन्छ तथापी शैक्षिक क्षेत्र एवं अध्ययन अध्यापनमा भने उनीहरुको उपस्थिति पुरुषको तुलनामा न्यून देखिन्छ । कुल महिला जनसंख्याको करिव ७० प्रतिशत महिला कृषिमा निर्भर छन् । हालैको जनगणना सम्बन्धि तथ्यांकले देशमा महिला जनसंख्या ५१.०२ प्रतिशत देखिएको छ तथापी राज्यबाट प्रदान गरिने अवसरमा भने महिलाहरु बञ्चित हुनुपरेको अवस्था छ । करिब ३२ प्रतिशत महिलाहरु घरेलु हिंसा एवं यौनदुव्र्यवहारबाट पीडित पाईन्छ त्यसमा पनि अधिकांश त आफ्नै पतिबाट पीडित देखिन्छन् । ७९ प्रतिशत महिलाहरु श्रम क्षेत्रमा सहभागी भएर काम गरेको एक अध्ययनले देखाएको छ । कोभिड -१९ पछि भने महिला बेरोजगारीको दर नेपालमा विकराल रुपमा बढ्दै गएको देखिन्छ एकातर्फ भने अर्कोतर्फ उद्याेग, व्यापार एवं अन्य व्यवसायिक कार्यमा संलग्न महिलाहरु पनि व्यय योग्य आयको कमी र महँगीले निराश देखिन्छन् । 

महिला उद्यमशीलताको विकास र उनीहरुलाई आत्मनिर्भर बनाउन सरकार, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी संस्थाले खेलेको भुमिका सराहनीय देखिएता पनि लैंगिक समानता र महिलालाई राजनीति लगायत विभिन्न निकायमा दिने अवसरमा भने पुरुषकै बाहुल्यता देखिन्छ । नाफा कमाउने उद्देश्यले महिलाद्वारा प्रर्वधित तथा व्यवस्थापन गरिएको कुनै पनि क्रियाकलापले एकातर्फ महिलाको उद्यमशीलता बढाउँदछ भने अर्कोतर्फ आत्मनिर्भरता समेतमा वृद्धि हुन्छ । नेपाल जस्तो कम आम्दानी भएका मुलुकहरुको महिलाहरुलाई आत्म निर्भर बनाउनको लागी र महिलामा केही गरौं भन्ने भावना जगाउनको लागी महिला उद्यमशीलता जरुरी छ ।

महिलाहरुलाई ग्राहक आकर्षणको साधनको रुपमा मात्र प्रयोग नगरि उनीहरुमा साक्षरता बढाई यथोचित सीप विकास र तालिमको व्यवस्थासहित उद्यमशीलताको विकास गर्ने र आत्मनिर्भरतातर्फ डोराउने कार्यले मात्र देशको आर्थिक विकास संभव छ । 

जोखिम बहन गर्दै स्रोत र साधनको उच्चतम परिचालन गर्ने प्रकृया उद्यमशीलता हो । भनिन्छ उद्यमी सात पटक लड्छ र आठौँ पटकमा बल्ल उठ्छ । व्यवसायमा निरन्तरताको जरुरी पर्दछ एक दिन अवश्य उद्देश्यमा पुगिने छ । हाम्रो जस्तो पूरुष प्रधान देशमा संविधानमा महिलाको लागी ३३ प्रतिशत आरक्षणका कुरा उठेता पनि व्यवहारमा लागु भएको देखिँदैन । बरु महिलाले काम गर्न सक्दैनन् र उनीहरुमा योग्यता र दक्षता एव व्यवसायिकताको अभाव छ र उनीहरु घरकै चुलो चौकोमा रहनुपर्दछ भन्ने जस्ता परम्परावदी सोचबाट हामी मुक्त हुन सकेका छैनौँ । जसले महिलालाई नेतृत्व तथा व्यवसायिक अवसर एव राज्यको सुविधाबाट पछाडी धकेल्ने मद्धत पुगेको देखिन्छ ।

पछिल्ला दिनहरुमा शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापार लगायत हवाई क्षेत्रमासमेत महिलाको भुमिका अग्रणी रहँदै आएको हुँदा उनीहरुमा उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता तर्फ उन्मुख गराउनु आजको आवश्यकता हो । ग्राहक खुशी पार्न, मिठो बाेलिको अपेक्षा गर्न र ग्राहकलाई आतिथ्यताको लागी चाहे कुनै पनि कार्यालय होस, चाहे रेष्टुरेण्ट होस, चाहे एयर होस्टेजको रुपमा होस लगायत अधिकांश कार्यालयको अगाडि रिसेप्सनमा पुरुष भन्दा बढि महिलाहरुलाई नै राखिएको हुन्छ । तसर्थ महिलाहरुलाई ग्राहक आकर्षणको साधनको रुपमा मात्र प्रयोग नगरि उनीहरुमा साक्षरता बढाई यथोचित सीप विकास र तालिमको व्यवस्थासहित उद्यमशीलताको विकास गर्ने र आत्मनिर्भरतातर्फ डोराउने कार्यले मात्र देशको आर्थिक विकास संभव छ । 

नेपालमा महिला उद्यमीको विकासको लागी नेपाल सरकारले महिला उद्यमी विकास कोष खडा गरि  विभिन्न निकायमार्फत महिला उद्यमीहरुलाई बैंकिङ्ग क्षेत्र मार्फत ऋण सुविधा  र अन्य सहयोगसमेत उपलव्ध गराउँदै आएको छ । उद्याेग मन्त्रालयले घरेलु तथा साना उद्याेगमार्फत विना धितो सहुलियत दरमा  विभिन्न बैंकमार्फत महिला उद्यमीलाई ऋण सहयोग प्रदान गर्दै आएको छ । सरकारको कार्यक्रम लागु गर्ने कर्तव्य बैंक तथा वित्तिय संस्थाको हो एकातर्फ भने अर्कोतर्फ बैंक तथा वित्तिय संस्थालेसमेत महिला लक्ष्यित कर्जा कार्यक्रमलाई वृहत रुपमा अगाडि बढाउन सकेमा मात्र देशमा महिला आत्मनिर्भरता र उद्यमशीलताको विकास संभव रहन्छ । साहसका साथ महिला चुलो चौकोदेखि व्यवसायको स्थापना, जोखिम र अनिश्चितताको वहन, नयाँ कुराको खोजी, नेतृत्व र निरीक्षण तथा सुपरिवेक्षण र रानीतिमा समेत उच्च पदको जिम्मेवारी बहन जस्ता कार्य प्रशंसनीय ढंगले गरेको हुँदा महिलालाई परिवर्तनको संवाहकको रुपमा हेरिएको छ तथापी परिवारभित्र महिलाको विभेदले आर्थिक र सामाजिक रुपमा महिला पछि परेका छन् भन्नुमा कसैको दुइमत नहोला ।

महिलाहरुमा उद्याेग धन्दाको लागी बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन निकै कठिन हुन्छ भन्ने गुनासो रहेको अवस्थामा महिलाहरुलाई लक्ष्यित कर्जा कार्यक्रमको विस्तार र विकासको लागी बैंकहरु एवं सरकारी निकायहरुले समेत महिला सम्बन्धि समस्या हेर्ने र उद्यमशीलताको विकास एवं आत्मनिर्भर बनाउने हेतु छुट्टै विभाग समेत गठन गर्ने बेला टड्कारो रुपमा देखा परेको छ तसर्थ यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी देखिन्छ । 

नेपालमा महिला उद्यमीहरुले धेरै समस्या भोग्नु परेको देखिन्छ जसमा  पूँजीको अभाव, कच्चा पदार्थ अभाव, शिक्षाको अभाव, पुरुषको आधिपत्य रहेको समाज, पारिवारीक दवाब, गतिशीलताको अभाव (सामाजिक संरचनाको कारण), प्रतिस्पर्धा, जोखिम व्यहोर्ने क्षमताको अभाव, प्राविधिक सीप र दक्षताको कमी देखिएता पनि महिला उद्यमशीलताको क्षेत्रमा विगत केही समयदेखि उत्साहजनक प्रगति नभएको भने होइन । महिला उद्यमीले  नियमित तालिमको व्यवस्था, महिला उद्यमीबारे जनचेतना फैलाउने, महिलाद्वारा संचालित उद्याेग तथा व्यवसायमा विशेष सहुलियतको व्यवस्था, बजार तथा बैंक ऋणको व्यवस्थपनमा सहयोग, निजी क्षेत्र र सरकारको साझेदारी जस्ता रणनीति बनाउने र कार्यान्वयन गर्ने कार्यमा पनि महिला अग्रपंत्तिकमा देखिन्छन् ।

नेपालको संघीय राज्य प्रणालीमा महिला उद्यमीको भुमिकालाई हेर्दा राज्यको राजस्व दरमा वृद्धि, रोजगारीको सृजना, देशको निर्यातलाई बढाउन सकिने, सामाजिक चेतनाको अभिवृद्धि, आत्मनिर्भरताको वृद्धि, निर्णय क्षमताको विकास, स्रोत साधनको उचित परिचालन, महिला परिवर्तनका संवाहक जस्ता छन् । यसर्थ हरेक क्षेत्रबाट महिला उद्यमीको विकासको लागी विभिन्न कार्यक्रममार्फत वित्तिय सहयोग एवं पहुँचमा वृद्धि भैरहेको छ तापनि यो पर्याप्त देखिँदैन । बैंक तथा वित्तिय संस्थामासमेत चाहे प्रत्यक्ष रोजगारीमा होस् वा विभिन्न व्यवसायिक कार्यमा महिलाप्रतिको विश्वासमा कमी देखिन्छ । महिलाहरुमा उद्याेग धन्दाको लागी बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन निकै कठिन हुन्छ भन्ने गुनासो रहेको अवस्थामा महिलाहरुलाई लक्ष्यित कर्जा कार्यक्रमको विस्तार र विकासको लागी बैंकहरु एवं सरकारी निकायहरुले समेत महिला सम्बन्धि समस्या हेर्ने र उद्यमशीलताको विकास एवं आत्मनिर्भर बनाउने हेतु छुट्टै विभाग समेत गठन गर्ने बेला टड्कारो रुपमा देखा परेको छ तसर्थ यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी देखिन्छ । 

महिला उद्यमशीलता विकासमा बैंक तथा वित्तिय संस्थाले खेलेको भुमिकालाई हेर्दा महिला उद्यमशील कर्जा, विपन्न वर्ग कर्जा र कृषि कर्जामार्फत महत्वपूर्ण योगदान गरिरहेको छ ।

महिला उद्यमीलाई आर्थिक स्रोत र साधनको उपलव्धतालाई हेर्दा सरकारी अनुदान, वित्तिय क्षेत्रबाट ऋण सहयोग, सरकारी तथा गैरसरकारी संस्थाबाट आर्थिक सहयोग, महिला उद्यमशीलता कर्जा घरेलु विभागमार्फत आयआर्जन कार्यक्रम आदि देखिन्छ । महिला उद्यमशीलता विकासमा बैंक तथा वित्तिय संस्थाले खेलेको भुमिकालाई हेर्दा महिला उद्यमशील कर्जा, विपन्न वर्ग कर्जा र कृषि कर्जामार्फत महत्वपूर्ण योगदान गरिरहेको छ । बैंक तथा महिला उद्यमीबीच आपसी सुझबुझको अभाव देखिन्छ । महिला उद्यमशीलता लक्ष्यित कार्यक्रम र कर्जाको बारेमा महिलामा उचित ज्ञानको अभाव, महिला उद्यमीलाई विश्वासमा लिन नसक्ने र कर्जासँग सम्बन्धित बैंकिङ्ग नियमको बारेमा महिलाहरुलाई बुझाउने कुरामा बैंकहरु चुक्नु र सरकारको पनि महिला उद्यमशीलता विकासमा नीति नियमभन्दा पनि कुरा अनुसारको कार्यान्वयन पक्ष कमजोर भएको हुँदा महिला उद्यमशीलता एवं आत्मनिर्भरता छायाँमा परेको अनुभूति हुन्छ ।

सरकारको महिला मन्त्रालयले समेत समयमा नै महिला उत्थान, महिला आत्मनिर्भरता र महिला उद्यमशीलताको विकासमा पर्याप्त ध्यान दिनुपर्दछ तब मात्र महिला उद्यमशीलताको विकास भई महिला आत्मनिर्भरताको विकास हुन्छ भन्नुमा अत्युक्ति नहोला । महिला उद्यमशीलताको वृद्धिको लागी  नेपाल राष्ट्र बैंक र महिला मन्त्रालय एवम् अन्य सरकारी तथा गैर सहकारी निकायको अगुवाईमा महिला साक्षरता, महिलामा नेतृत्व विकास, वित्तिय पहुँचको लागी कर्जाको सदुपयोगिता जस्ता विषयमा सघन रुपमा छलफल थाल्ने र नीति बनाई कार्यान्वयन गर्ने कार्यले मात्र नेपालमा महिला उद्यमशीलताको विकास भई उनीहरु आत्मनिर्भर हुनेछन् भन्ने कुरामा कसैको विमती नरहला । (लेखक बैक तथा वित्तिय संस्थाका विज्ञ हुन् ।) 

डा. दिबाकर बशिष्ठ

तपाईँको मत