गृहमन्त्रीले भने- ‘हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन’
- गाउँ सहर संवाददाता
- ११ माघ बुधबार, २०७९ | १०:०८:०० मा प्रकाशित
काठमाडाैँ । हिजाे काठमाडौँको नयाँ बानेश्वरस्थित सडकमै आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन भएको छ । इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए ।
इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनको व्यापार गर्दै आएका उनले संसद भवनअगाडि आत्मदाहप्रयास गर्नुअगाडि फेसबुकमा भावुक स्टाटस लेखेका थिए ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मी बताए । डा. नकर्मीका अनुसार आज बिहान ५ बजे आचार्यको निधन भएको हो ।
यहि सन्दर्भ काेट्याउँदै गृहमन्त्री रवि लामिछानेले भनेका छन्- एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला । तपाईंको आत्माले चिर शान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस