पोखरामा घरभित्रै एक युवकले गरे आत्मदाह प्रयास, बचाउन गएकी घरबेटी गम्भीर घाइते
- गाउँ सहर संवाददाता
- १५ माघ आइतबार, २०७९ | १३:५५:०० मा प्रकाशित

काठमाडौँ - पोखरामा एक जना युवकले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । आज बिहान पोखरा-१३ मा एक जना युवाले घरभित्रै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको वडा नम्बर १३ का अध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार युवकलाई बचाउन गएकी घरबेटी महिलासमेत गम्भीर घाइते भएकी छन् ।
आगो लगाउने पुरुषको अवस्था भने सामान्य छ । दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । आत्मदाहको कारणबारे केही खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदह गरेको घटना सेलाउन नपाउँदै पोखरामा आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।
कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस