दुर्घटनाग्रस्त विमानमा यस्तो रेकड रहने ब्ल्याक बक्स फेला
- विष्णुहरि पाैडेल
- २ माघ सोमबार, २०७९ | १३:५५:०० मा प्रकाशित
पोखरा । पोखरामा आइतवार दुर्घटना भएको यति एयरलायन्सको जहाजको ब्ल्याक बक्स फेला परेको छ ।
दुर्घटनासँगै आइतबार दिउँसोबाट उद्धार कार्य निरन्तर जारी रहेकोमा आज मात्रै ब्ल्याक बक्स फेला परेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
ब्ल्याक बक्स जहाजको महत्वपूर्ण उपकरण भएकोले दुर्घटना हुनुभन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन् । विमानभित्रका सबै आवाज रेकर्ड हुने ब्ल्याक बक्स जस्तोसुकै दुर्घटनामा पनि सुरक्षित रहन्छ । आगोले जलाउन नसक्ने यो उपकरण पानीमा डुबेपनि रेकर्डहरू सुरक्षित हुन्छन् । यसका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इन्जिनको आवाजसँगै क्याविन, ककपिट आदिको आवाज रेकर्ड हुने भएकोले दुर्घटनाका समयमा जहाज कस्ता अवस्थामा थियो भन्ने यसबाट पत्ता लाग्दछ ।
त्यस्तै निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ ।
दुर्घटनाको कारण हालसम्म पत्ता नलागेको उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । आवश्यक प्रकृया पुरा भएपछि मात्र शब आफन्त लाई हस्तान्तरण गरिने बताइएको छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस