शुद्ध पानी नै स्वस्थ जीवनको अधार : मेयर आचार्य
- विष्णुहरि पाैडेल
- २२ पौष शुक्रबार, २०७९ | २१:१०:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शुद्ध पानी नै स्वस्थ जीवनको अधार भएको वताएका छन्।मेयर आचार्यले शुक्रबार लेखनाथमा आयोजित लेखनाथ खानेपानी उपभोक्ता संस्थाको वार्षिक साधारण सभाको उद्घाटन गर्दै यस्तो वताएका हुन । उनले महानगरवासी भएकोमा सबैले गर्व गर्दै यसलाई सुदृढ बनाउँदै अघि वढ्नुपर्ने वताए ।
उनले यदाकदा लेखनाथलाई पोखरा महानगरमा मिसाएर गल्ती पो भयोकी भन्ने खालका स्वरहरु सुनिन थालेको वताउँदै हिजोको दिनमा धेरै छलफल र प्रयासले महानगर बनेको वताउँदै यसो गर्न नहुने बरु महानगरवासी भएर हामीले पाउनुपर्ने के हो भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले महानगरका १ देखी १७ नं. वडामा पुर्वाधारका अधिकांश कार्यहरु पुरा भएको र अबका दिनमा १८ देखी ३३ नं. वडामा विशेष ढंगले ध्यान पुर्याईने वताए ।
यस्तै मेयर आचार्यले शुद्ध पिउने पानी सबै जनताको मौलिक हकको रुपमा रहेको र एउटै महानगरभित्र पनि खानेपानीको महशुल फरक पाईएको वताउँदै पोखराका ३३ वटै वडामा पानीको समान महशुल दर निर्धारण कसरी गर्न सकिन्छ भन्ने विषयमा महानगरले गृहकार्य गरिरहेको वताए ।
उक्त अवसरमा मादी गाउँपालिका वडा नं. ७ का अध्यक्ष दुर्गा बहादुर गुरुङले संस्थाले पानीको मुहान क्षेत्रका प्रभावित स्थानीयहरुको गुनासोलाई नेताहरुको दबाबले नभई छलफलबाट सम्बोधन गर्नुपर्नेमा जोड दिंदै जलश्रोत ऐन बमोजिमको रोयल्टीको विषयलाई पनि निष्कर्षमा पुर्याउनुपर्ने वताए ।
संस्थाका निवर्तमान अध्यक्ष विष्णु प्रसाद बरालले विभिन्न बहानामा संस्थाको कार्यमा अवरोध हुने गरेकोमा दुखेसो व्यक्त गर्दै यसलाई समाधान गर्ने विषयमा विभिन्न राजनितिक दल र निकायहरुको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा एमालेका जिल्ला सदस्य विष्णु पुन, माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य बिनय थापा, संस्थापक अध्यक्ष शालिग्राम पौडेल, सल्लाहकार विश्व प्रकाश लामिछाने, राष्ट्रिय साना शहरी खानेपानी महासंघका महासचिव रामचन्द्र उपाध्याय, संघिय खानेपानी तथा ढल निकास आयोजना पोखराका प्रमुख गुरुप्रसाद पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, कामना सेवा विकास बैंकका क्षेत्रीय प्रबन्धक विष्णु प्रसाद गौतम, शैक्षिक संस्थाहरुको तर्फबाट लक्ष्मी आर्दश बहुमुखी क्याम्पस प्रमुख रामजी लामिछाने र आमा समुह एवं उपभोक्ताहरुको तर्फबाट ईन्दिरा तिवारी लगायतले बोलेका थिए ।
उक्त अवसरमा उत्कृष्ट सेवा प्रवाह गरेकोमा कर्मचारीहरु नवराज तिवारी र ईन्द्रप्रसाद पराजुली र समयमै सबैभन्दा वढि महाशुल बुझाउने उपभोक्ता एवं त्रिभुवन शान्ति नमुना माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पौडेललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष मुरारी शर्मा को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नारायणी भटृराई (रक्षा) ले गरेकी थिईन भने धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्पकमल ढुंगानाले गरेका थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- आयुर्वेदिक महत्व बाेकेकाे खयरकाे चिया
- गोलभेडामा टुटा किराको बिगबिगीले पोखराका किसान मर्कामा
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
प्रतिकृया दिनुहोस