स्वास्थ्य

काेभिडका चार संक्रमित थपिए, डेंगुका ४३ हजार ६८५ पुगे

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ३५४ जनाकाे काेराेना परीक्षण हुँदा थप चारजना संक्रमित पहिचान भएका छन् भने २२ जना निकाे भएका छन् । साे अवधिमा कसैकाे पनि निधन भएकाे छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशमा अब काेराेनाका सक्रिय संक्रमितकाे संख्या ६२२ पुगेकाे छ ।

यस्तै अहिलेसम्म डेंगुका संक्रमितकाे संख्या ४३ हजार ६८५ पुगेकाे र साेबाट ५२ जनाकाे निधन भएकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत