गाउँ सहर

राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भए लगत्तै लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसअघि वैशाख १० गते सरकारले लगानी सम्मेलनको पूर्व संध्यामा ९ वटा ऐन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको थियो।

सरकारले भूमि सम्बन्धी ऐन, २०२१; राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९; विदुयुतीय(इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३; विशेष आर्थिक क्षेत्र ऐन, २०७३; सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५; विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५; वन ऐन, २०७६; औद्योगिक व्यसाय ऐन, २०७६ अध्यादेशमार्फत संशोधन गरेको हो ।

सरकारले ९ वटा कानुन र ३ वटा नियमावली र विनियमावली गरी १२ वटा कानुनी व्यवस्था संशोधन गरेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत