गाउँ सहर

अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

पाेखरा । जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ ।

अक्षरयात्राका परिकल्पनाकार मध्येका एक स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै अक्षरयात्राको २१० औं शृङखला पोखराको रमणीय स्थल खास्टेताल किनारमा रहेको जेष्ठी बाराही मन्दिर परिसरमा सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका वडा नं २६ तथा खास्टेताल टोल विकाश संस्थाको स्थानीय व्यवस्थापन र गजलसन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले साहित्यिक मनहरुको उपस्थितिले तालको सुन्दरतामा अझै सुनमा सुगन्ध थपिएको महशुस गरेको बताए ।

वडाध्यक्ष थापाले साहित्य समाजको ऐना भएकाले त्यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत गरे । उनले स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै निकट भविष्यमा वडाको सकृयता र गजल सन्ध्याको सहकार्यमा गजलसँग सम्बन्धित राष्ट्रियस्तरको कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै साहित्यकार तीर्थ श्रेष्ठले खाष्टेमा लगाईएको कमल फूलको संरक्षण गर्दै जेष्ठी बाराही मन्दिरका माध्यमले धार्मिक पर्यटनलाई बढाउन सकिने बताए । साहित्यकार गणेश पौडेलले स्रष्टाहरुले  देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवम् विकाशका लागि बिभिन्न ठाउँमा गइ कार्यक्रम गर्नु प्रशंसनीय भएको  बताए ।

स्थानीय हरिप्रसाद अधिकारी,बुद्धिराज अधिकारी,ईश्वरराज भण्डारी लगायतले तालका साथै बाराही मन्दिरको महत्वमा जोड दिएका थिए ।

नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा ईश्वरमणि अधिकारी, कवि शिव त्रिपाठी ,श्रीराम अधिकारी गोर्जे, प्रेमकुमारी कुइकेल, ऋषिकेश बराल, निर्मला पौडेल, सावित्री गिरी, बसन्तमोहन भट्टराई लगायत २६ जना कवि कवयत्रीहरुले रचना वाचन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत