२४ हजार ४१७ जनामा डेंगु
- गाउँ सहर संवाददाता
- २२ भदौ शुक्रबार, २०८० | १६:४९:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको छ । अर्थात् ४०५ सङ्क्रमित बढेका हुन् ।
गएको साढे सात महिनाको अवधिमा सङ्क्रमित मध्ये १४ जनाको मृत्यु भएको छ । यस्तै डेंगु सङ्क्रमण ७५ जिल्लामा देखिएको ईडीसीडीले जनाएको छ ।
सङ्क्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै १३ हजार ८७७ जनामा सङ्क्रमण सुनसरी जिल्लामा पुष्टि भएको छ । दोस्रोमा २ दुई हजार २५४ जना मोरङमा सङ्क्रमण पुष्टि भएको छ । तेस्रोमा २ हजार १९७ जनामा धादिङमा पुष्टि भएको छ ।
यस्तै, १ हजार ३६४ जना झापामा, ४५८ जना काठमाडौँमा, ३७३ जना धनकुटामा, ३३४ जना सङ्खुवासभामा, ३३१ जना धनुषामा, २७३ जना कास्कीमा र २६५ जना कैलालीमा सङ्क्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस