खाना र दिमागको सम्बन्ध कस्ताे ? यी कुराहरू तपाईंलाई थाहा नहुन सक्छ
- गाउँ सहर डेस्क
- २५ असोज मंगलबार, २०७९ | १८:५६:०० मा प्रकाशित

काठमाडाैँ । भनिन्छ नि खाना स्वादसंग सम्बन्धित छ, तर यो हाम्रो सबै ज्ञानेन्द्रियसंग सम्बन्धित छ । यही कारणले गर्दा कयौं पटक खानाको सुगन्ध आएपछि स्वादका अलावा त्यससँग सम्बन्धित केही विशेष घटनाहरु पनि याद आउँछन् । तिनीहरूको अनुभूति हाम्रो दिमागमा लामो समयसम्म रहन्छ, जबकि घटनाहरू हामीलाई याद हुँदैन । यति मात्र होइन, ज्येष्ठ नागरिकलाई खानाको सुगन्ध प्राप्त भयो भने मस्तिष्कलाई सक्रिय बनाउँछ । उनीहरू विगतमा पुग्छन्, रमाउँछन् ।
वास्तवमा, यो खानेको अनुभूतिसँग सम्बन्धित हालैको अनुसन्धानमा खुलासा भएको छ । यस अनुसन्धानका लागि अन्वेषकहरूले खानाको सुगन्धबाट स-साना गोला बनाएका थिए । जब यी बलहरू प्रयोगमा संलग्न सहभागीहरूकहाँ लगियो, उनीहरूको पुरानो सम्झना ताजा भयो । यी सम्झनाहरू इङ्गल्याण्डको ल्यान्कास्टर विश्वविद्यालयका प्रोफेसर कोरिना सास र डा. टम गेलरले थ्रीडी प्रिन्टेड स्वाद-आधारित संकेतहरू प्रयोग गरेर रेकर्ड गरेका थिए । अनुसन्धानमा १२ बुढाबुढीको ७२ स्मरणमा खानाको बारेमा पुरानो भावना बाहिर आएको थियो । यससँगै त्यस अवधिका घटनाहरू पनि बाहिर आए ।
अन्वेषकहरूले भनेका छन् कि केही सहभागीहरूलाई विर्सने राेग थियो । जब खानेकुराको गन्ध उनीहरूसामु पुग्याे उनीहरुले आफ्नो समयका खानाको प्रशंसा गरेकाे घटना सम्झन थाले । उसले महसुस गरे कि यो कुरा उनीहरूले धेरै पहिले थाहा पाएका थिए । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
- खासमा तीज के हो, किन मनाइन्छ ? कसरी सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता
- किन पूजिन्छ श्रीकृष्ण, उनको जीवनबाट मानवजातीले के सिक्ने ?
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
प्रतिकृया दिनुहोस