अन्तर्वार्ता

शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार

प्रि–प्राइमरीदेखि मास्टर्स डिग्रीसम्म अध्यापन । ६ सयभन्दा बढी कर्मचारी । ६ हजारभन्दा बढी छन् विद्यार्थीहरू अध्ययनरत। यी सबै एउटै छाताभित्र सम्भव तुल्याउने काम गरि रिलायन्स एजुकेसन नेटवर्कले शैक्षिक क्षेत्रमा उदाहरणीय र अब्बल रूपमा लगातार आफूलाई अग्रभागमा उभ्याइरहेकाे छ ।

विक्रम संवत् २०५० सालमा स्थापना भएकाे रिलायन्स एजुकेसन नेटवर्कभित्र रिलायन्स इन्टरनेशनल एकेडेमी स्कुल, रिलायन्स पब्लिक स्कुल, रिलायन्स किड्स हाेम, रिलायन्स काेयड, नेपाल विद्यासदन र रिलायन्स कलेज गरि ६ वटा शैक्षिक संस्था सञ्चालनमा छन् । स्थापनाकालदेखि नै रविन्द्रजङ्ग थापा रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष छन् । जसकाे कुशल नेतृत्वदायी भूमिकाले संस्थाले यी सफताका माला उन्ने काम भइरहेकाे छ । 

२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नेपालभरबाटै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल अर्थात एसइई नतिजामा रिलायन्सका १९ जना विद्यार्थीले ४ जीपीए ल्याएपछि उक्त संस्थाकाे चर्चा थप चुलिएकाे छ । सफलताकाे पछाडी शैक्षिक पुष्ठमूभी भएकाे व्यक्तिकाे नेतृत्वले सम्हालेकाे संस्था हुनुले पनि प्रष्ट्याएकाे छ । पुख्र्यौली घर चितवन भएपनि हाल कपननिवासी थापा (जसले संस्थाकाे नेतृत्व गरिरहेका छन्) ले बिएस्सी, एमबिएका साथै शिक्षा संकायमा बीएडसम्मकाे अध्ययन गरेका छन् । जसकाे कुशल व्यवस्थापन नतिजामा निरन्तर देखिरहेकाे छ । अहिले भरखरै मात्र एसइई सकेर कक्षा ११ मा पढ्न आउने विद्यार्थी तथा अभिभावकहरूसँग परामर्शमा व्यस्त रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष तथा प्रिन्सिपल रविन्द्रजङ्ग थापासँग भरखर एसइईमा प्राप्त नतिजाकाे सराेफेराे र समग्र शैक्षिक गतिविधिका विषयमा गाउँ सहर डट कमले गरेको  कुराकानी:

सर्वप्रथम त एसइईमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएकाे बधाई, अनि याे सफलता कसरी प्राप्त भयाे कुरा यहिँबाट शुरू गराैँ न ।

धन्यबाद, सर्वप्रथम त झट्ट हेर्दा एसइईमा मात्र उत्कृष्ट नतिजा ल्याएकाे देखिएकाे भएपनि हामी कक्षा ११ देखि स्नाकाेत्तर तहसम्मकाे नतिजामा अग्रपंत्तिमै छाैँ भन्न चाहन्छु । एसइईकाे उत्कृष्ट नतिजा अर्थात १९ जनाले जीपीए ४ ल्याएकाे सन्दर्भमा भने आधुनिक शिक्षण सिकाई, अनुभवी शिक्षक शिक्षिका, कुशल व्यवस्थापक, अनुशासित शैक्षिक वातावरण, आकर्षक भौतिक पूर्वाधार, अभिभावक र विद्यार्थीहरूकाे विश्वास र भराेजाजस्ता कुराले नै वर्षेनी हामीले उत्कृष्ट नतिजा हात पार्न सफल भइरहेका हाैँ । कतिपयलाई लाग्न सक्छ कि अहिले मात्रै हाेकि भन्ने त्यसाे हाेइन हामी निरन्तर विद्यालय तहकाे नतिजामा अग्रपंत्तिमा छाैँ । इतिहास हेर्न सकिन्छ । 

विद्यालयले जुन नतिजा प्राप्त गरेकाे छ त्यसको श्रेयको भागिदार शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक सबै हुनुहुन्छ । उक्त विद्यालयकाे प्राचार्य  प्राचार्य खेमलाल भुषाल सरकाे नेतृत्वकाे टीमल गरेकाे मिहिनेतले सम्भव भएकाे हाे । यो अवसरमा हाम्री विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुमा धन्यबाद पनि भन्न चाहन्छाैँ । याे सफलता एक वर्षकाे मिहिनेतले चाहिँ सम्भव भएकाे हाेइन । निरन्तरताकाे नतिजा हाे ।

तीन दशकदेखि शैक्षिक क्षेत्रमा सक्रिय हुनुहुन्छ, कुन-कुन शैक्षिक कार्यक्रमहरू छन् यस रिलायन्स एजुकेसन नेटवर्कभित्र ?

हो, म तीन दशकदेखि शैक्षिक क्षेत्रमा आवद्ध छु । शैक्षिक गतिविधिलाई नजिकबाट नियालिरहेको छु र आफ्नो कर्म पनि गरिरहेको छु । अहिले हाम्रो रिलायन्स एजुकेसन नेटवर्कभित्र रिलायन्स इन्टरनेशनल एकेडेमी स्कुल, रिलायन्स पब्लिक स्कुल, रिलायन्स किड्स हाेम, रिलायन्स काेयड, नेपाल विद्यासदन र रिलायन्स कलेज गरि ६ वटा शैक्षिक संस्था सञ्चालनमा छन् । रिलायन्स एजुकेसन नेटवर्क २०५० सालमा स्थापना भएको हो । हामी आफ्नो शैक्षिक सञ्जाल विकास गर्दै जाने क्रममा छौं । हजारौं दक्ष विद्यार्थी उत्पादन गरिसकेकाे संस्थामा हजाराैं अभिभावक, विद्यार्थीहरू, ६ सयभन्दा बढी शिक्षक शिक्षिका लगायत कर्मचारी एउटै नेटवर्कमा परिवारका रुपमा अहिले पनि अटाएको छौँ । प्रि–प्राइमरीदेखि मास्टर्स डिग्रीसम्म शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् । 

हामीले २०६० सालबाट प्लस टु कार्यक्रम सञ्चालन गरेका हाैं । रिलायन्सले उच्चमावि अर्थात प्लस टू लेभलमा विज्ञान, र व्यवस्थापन पढाइरहेका छाैँ । त्यसैगरि, स्नातक तहमा बीएस डब्लु, बीबीएस, बीए र बिसिए जस्ता शैक्षिक कार्यक्रमहरू छन् भने स्नाकाेत्तर तहमा एमबीएस प्रोग्राम सञ्चालन गरिरहेका छौं ।

कक्षा ११ काे भर्नामा व्यस्त हुनुहुन्छ, यस कलेजमै चाहिँ भर्नाका लागि विद्यार्थी र अभिभावकल किन राेज्ने ?

हाम्राेमा प्लस टु तह अन्तर्गत विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएका छाैँ । एकेडेमीले अहिलेसम्म ४२ वटा व्याचबाट १५ हजारभन्दा बढी स्नातक उत्पादन गरिसकेको छ । रिलायन्सले मुलुकका लागि उत्कृष्ट नतिजा मात्रै दिएकाे छैन, विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवन दक्षता, नैतिक मूल्य र चरित्र निर्माणमा आधारित शिक्षा प्रदान गर्दै आइरहेकाे छ । यहाँ शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलाप (इसीए), सहपाठ्यक्रम क्रियाकलाप (सीसीए) खेलकुद, जीवनउपयाेगी सीप र नेतृत्व विकासमा पनि जोड दिइन्छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा विहान दिउँसाे पठनपाठन हुन्छ ।

हाम्रा प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण आकर्षण हुन् । विद्यार्थीलाई पाठ घोकाउने नभई पठनपाठनका लागि सहजीकरण गरिदिने अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकीय समूह र पर्याप्त शैक्षिक सामग्री छन् । एकेडेमीबाट स्नातक गरेका विद्यार्थीहरू आज विश्वविद्यालय, मेडिकल, सेना, बैंकिङ, बीमा, सामाजिक संस्थामा काम गरिरहेका छन् भने केही त छात्रवृत्तिमा विदेशका विभिन्न नाम चलेका विश्वविद्यालयहरूमा पनि अध्ययनरत छन्र । काममा पनि विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा कार्यरत छन् । यसले संस्थाको उद्देश्य स्पष्ट पार्छ-जसले शिक्षा मात्र होइन, सामाजिक उत्तरदायित्व बोकेको नागरिक उत्पादन गर्छ ।

२०५० सालदेखि सञ्चालनमा रहेको एकेडेमीले २०७० सालको एसएलसी र २०७५ काे एसइईमा संस्थागत विद्यालयतर्फ देशभरबाट प्रथम भइ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा पुरस्कृत समेत भएकाे थियाे । २०७९ काे एसईई बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट नतिजामा पहिलो बनेर बागमती प्रदेश सरकारबाट सम्मानितसमेत भएको थियाे भने गत वर्ष दाेस्राे भएकाे थियाे । यसैबाट पुष्टि हुँदैन र हाम्राे टेक्ने जरा नै बलियाे छ भनेर ।

नीजि कलेजहरूमा छात्रवृत्तिकाे विकृति छ नि ? रिलायन्स कलेजले कसरी छनाेट गर्ने व्यवस्था गरेकाे छ ?

छात्रवृत्तिकाे विषयमा हामीले निश्चित प्रक्रिया बनाएका छाैं । त्यसभित्र पर्ने जाे काेहीले पाउँछन् । कुनै भेदभाव छैन । एउटा एसईई र प्लस टूकाे नतिजाकाे आधारमा, अर्काे आन्तरिक परीक्षामा ल्याउने नतिजालाई पनि हेर्दछाैं र त्यसैकाे आधारमा अर्काे परीक्षासम्मकाे लागि छात्रवृत्ति दिने गरेका छाैँ । त्यसैगरि दलित, गरीब र दुर्गम क्षेत्रका लागि विशेष छात्रवृत्तिकाे व्यवस्था गरेका छाैँ । महानगरले सिफारिस गरेकासहित करीब करीब दश प्रतिशत भन्दा बढि छात्रवृत्ति सुविधामा पढ्छन् ।

व्यक्तिकाे पहुँच भन्दा पनि विद्यार्थीकाे क्षमताकाे आधारमा दिने गरेका छाैँ । कलेजले हरेक वर्ष गर्ने देशव्यापी निवन्ध प्रतियाेगितामा भाग लिएर उत्कृष्ट हुनेहरूलाई पनि छात्रवृत्ति दिँदै आएका छाैँ । त्यसैले सबै शैक्षिक संस्थाहरू खराब छन्, फट्याइँ गर्छन् भन्ने पनि हुँदैन । राम्राेलाई राम्राे भन्ने संस्कारकाे विकास पनि गर्न जरूरी छ । 

निजी कलेजहरूले चर्काे शुल्क उठाएकाे विषयमा बेला-बेला लगाम लगाउनुपर्छ भन्ने आवाज विभिन्न स्तरबाट पनि उठिरहेकाे हुन्छ नि ?

नेपाल खुला अर्थतन्त्र वा खुला बजार भएकाे मुलुक हाे । मिश्रित आर्थिक प्रणालीबाट खुला आर्थिक प्रणालीमा चलिरहेकाे नेपालकाे अर्थनीति कि परिवर्तन गर्नुपर्रयाे हाेइन भने शुल्क बढी लियाे भन्दा पनि शुल्क अनुसार सेवा सुविधा दिएकाे छ कि छैन भन्ने कुरा अनुगमनकारी निकाय र सरकारले हेर्ने हाे । त्यहि पनि कलेजहरूले त्यस्ताे धेरै बढी शुल्क लिएजस्ताे लाग्दैन । समयानुकूल कलेजहरूले सेवा सुविधा अनुसार केही तलमाथि लिएका छन् । तर भद्दा किसिमकाे ठूला भवन, स्वीमङपुल मात्र देखाएर भन्दा पनि विद्यार्थीकाे लागि आवश्यक ल्याब, लाइबेरीदेखि शैक्षिक गुणस्तर अन्य अतिरिक्त क्रियाकलापकाे लागि उपयुक्त सेवा सुविधा उपलब्ध छ कि छैन भन्ने कुराहरूमा कलेजहरूले पनि विशेष ध्यान दिन भने जरूरी छ । हाम्राेमा त्यस्ताे धेरै शुल्क लिइएकाे छैन । हाम्राेमा मध्यमवर्ग, निम्न आर्थिक अवस्था भएकाहरू पनि पढ्न सक्ने अवस्था छ भन्दा फरक पर्दैन । 

विद्यार्थीहरूलाई घाेकन्ते विद्या हाे कि केही फरक छ ?

तपाइँले भनेजस्ताे घाेकन्ते विद्या पनि चाहिन्छ । प्लस टू भनेकाे विद्यार्थीहरूकाे उच्च शिक्षाकाे लागि ढाेका खाेल्ने बाटाे हाे । त्यसैकाे आधारमा उनीहरूकाे सर्टीफिकेटमा देखिने नम्बरले पनि भविष्यकाे निर्धारण हुने भएकाेले प्लस टूसम्म घाेकन्ते विद्या अलि बढी हुन्छ नै । तर त्यसाे मात्र हाेइन, उनीहरूका लागि व्यवहारिक ज्ञान, सीप र क्षमताकाे विकास पनि सँगसँगै लैजानुपर्ने हुन्छ । प्रतिस्पर्धात्मक बजार छ । कलेजबाट पासआउट भएका विद्यार्थी विश्व बजारमा बिक्छ कि बिक्दैन वा प्रतिस्पर्धा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराले पनि महत्व राख्दछ । ग्लाेबलाइजेशनकाे जमाना छ । विदेश पढ्न जानेहरूकाे संख्या बढ्दाे छ त्यसकाे लागि त नम्बरले पनि काम गर्छनी त ।  

त्यसैले हामीले व्यवस्थापन पढ्ने विद्यार्थीहरूका लागि व्यवहारिक ज्ञानकाे लागि विभिन्न उद्याेग, कर्पाेरेट हाउस, बैंक तथा वित्तिय संस्थाकाे भ्रमण र इन्टर्न गराउने गरेका छाैं भने विज्ञानका विद्यार्थीहरूलाई प्राक्टिकल र अनुसन्धानदेखि विभिन्न क्रियाकलापमा सक्रियताकासाथ सहभागी गराउँछाैँ । समग्रमा पढाई, प्रतिभा र दक्षतालाई सँगसँगै लगिरहेका छाैंँ।

हाम्राे उद्देश्य पास गराउने मात्र भन्दा पनि सकेसम्म पढ्दा पढ्दै उनीहरूकाे संकाय र विषयअनुसार राेजगारमा संलग्न गराउने, राेजगारीकाे लागि उपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने हाे । जसले हाम्राे कलेजमा पढेकाहरू भाेली ब्याच्लर पढ्ने बेलामै केही न केही सीप, दक्षता, संस्थागत संस्कार सिकुन भन्ने हाे र व्याचलर्स पढ्न थालेपछि कतै न कतै सजिलै इन्गेज हाेउन भन्ने पनि हाे । यहि नै हाम्राे उपलब्धी र ब्राण्ड पनि हाे । नत्र त किताबै मात्र घाेकेर मात्र कुनै उपलब्धी हुँदैन । त्यसकारण समयानुसार हामीहरूले बजारमा प्रतिस्पर्धा गर्नसक्ने क्षमता, ज्ञान र कलाकाे विकास गरेर दक्षतासहित अब्बल बनाएर पठाउने हाम्राे अठाेट अनुसार नै हाम्राे क्षमता लगाइरहेका छाैं र सफता पनि प्राप्त गरेका छाैं । 

लामाे समयसम्म शैक्षिक संस्थामा रहेर हजाराैं विद्यार्थी पढाएर दक्ष जनशक्ति उत्पादन गर्ने एउटा शिक्षाकर्मी कतिबेला सन्तुष्ट र खुशी हुनेरहेछ ?

ओहो, याे अति नै महत्वपूर्ण कुरा उठाउनुभयाे । यति हजार विद्यार्थी पढाएँ वा यति नाफा कमाएँ भन्दा पनि कस्ताे काम गरिरहेकाे छु । देश र समाजकाे लागि के दिएँ भन्ने कुरा पनि हुँदाेरहेछ। विगतदेखि अहिलेसम्म हेर्ने हाे भने मुनाफा कमाउने एउटा पाटाे हाेला तर समाजमा रिलायन्स कलेज र यस संस्थासँग जाेडिएका सञ्चालक, शिक्षक शिक्षिका, कर्मचारी, विद्यार्थी लगायत जाे जाे प्रत्यक्ष र अप्रत्यक्ष संलग्न छन् उनीहरूले गाैरव गर्ने वातावरण बन्याे कि बनेन भन्ने कुराले पनि हाम्राे खुशी र सन्तुष्टी मापन गरिरहेकाे छ ।

यस वियमा हामी अब्बल नै छाैं भन्ने लाग्दछ । हाम्रा कलजेबाट अध्ययन गरेर गएका भाइबहिनीहरू नीति निर्माण तहदेखि सरकारी, निजीस्तरका विभिन्न क्षेत्रमा सम्बद्ध छन् । इन्जिनियर, डाक्टर, पत्रकारदेखि सफल उद्यमी बनेका छन् । याे हाम्राे लागि खुशी र गाैरवकाे कुरा हाे । एउटा व्यापारीले मूनाफा कति भयाे भनेर त्यसैकाे मापनमा खुशी हुन्छ भने याे शैक्षिक वा सेवामुलक पेशामा रहेका हामीजस्ता मानिसहरू सेवाकाे प्रभाव र प्रगाढता समाज र देशमा कस्ताे परेकाे छ र कस्ता-कस्ता जनशक्ति उत्पादन भएछन् भन्ने कुराले संस्था र संस्थाकाे लिड गर्ने व्यक्तिकाे सफलता र असफता जाेडिनेरहेछ । 

बाटाेमा हिँड्दा कम्तिमा 'सर नमस्कार म यस्ताे काम गर्दैछु नि' भनेर राम्राे कुरा सुन्न पाउँदाकाे खुशी एउटा शिक्षक र शैक्षिक क्षेत्रमा संलग्न भएका हामीजस्ताका लागि अरू के नै पाे हुन सक्छ र ? हामीलाई समाजमा कसरी हेरिन्छ भन्ने कुराले पनि मन खुशी र दु:खी हुने हाे । शैक्षिक क्षेत्रमा याे खुशी अली बढी पाइन्छ भन्ने मलाई लाग्छ । 

अन्तमा केही भन्नु छ ?

मुख्य कुरा त यहि हाे कि- विद्यार्थी र अभिभावकले सहि कलेज छान्न नसक्दा पछुताउनु परेका कयाैँ घटनाहरू छन् । एसईईपछि प्लस टू पढ्ने करीब ४० प्रतिशत विद्यार्थी मात्र उतिर्ण हुन्छन् त्यस बाहेकका विद्यार्थीहरू अनुतिर्ण हुनुको कारण नै सहि कजेज छनोट गर्न नसक्नु पनि हो । प्लस टु मात्र हाेइन प्रि–प्राइमरीदेखि मास्टर्स डिग्रीसम्मका पढाईका लागि रिलायन्स एजुकेसन नेटवर्क उत्कृष्ट छ भन्ने मेराे दाबी हाे । यहाँ कुनै पनि तहमा उत्कृष्ट यसकारण छ भनेर हामी प्रमाणसहित भन्न सक्छाैँ । हामीसँग विभिन्न आधारहरू छन् ।

अनुतिर्ण भएर राेकिनु भनेकाे पहिले नै सहि कलेज, विषय छनाेट हुन नसक्नु नै हाे । त्याे नहुनकाे लागि अहिले भर्ना हुने बेलामा नै विद्यार्थी र अभिभावकले सकेसम्म आफ्नाे वरपर रहेकाे उत्कृष्ट कलेज छनाेट गर्नुपर्दछ । स्थापित र पुरानाे इतिहास पनि हेर्नुपर्दछ । विद्यार्थी तथा अभिभावकहरूले अघिल्ला वर्षहरूका रिजल्ट कस्ता छन्, व्यवस्थापन पक्ष कस्ताे छ, शैक्षिक वातावरण विद्यार्थीमैत्री छ कि छैन, टाढाका विद्यार्थीहरूका लागि आवासकाे व्यवस्था कस्ताे छ, आवश्यक पूर्वाधारहरू के छन् र आफूले कलेजमा लाग्ने शुल्क बेहाेर्न सकिन्छ कि सकिन्न भन्ने कुराहरू नै कलेज छनाेटका आधारहरू हुन् । उक्त कलेजमा आफूले पढ्न चाहेकाे विषय उक्त कलेजमा छ कि छैन भन्ने कुरा हेरेर कुन कलेज पढ्ने भन्ने निर्णय गर्नुपर्दछ । 

प्लस टु पढ्ने विद्यार्थी र तीनका अभिभावकले माथि मैले भनेकै कुराहरूकाे मूल्यांकन र विश्लेषण गरेर थाहा हुन्छ हाम्राे कलेज कस्ताे छ भनेर । कपन, चाबहिल, बाैद्ध-जाेरपाटी र सुकेधारा-महाराजगञ्ज लगायतमा बसाेबास गर्नेहरूका लागि रिलायन्स कलेज पायक पर्ने स्थानमा रहेकाे शैक्षिक हबकाे रूपमा स्थापित छ । 

त्यसैगरि, एउटा स्थापित शैक्षिक ब्राण्ड र उत्कृष्ट नतिजा ल्याइरहेकाे रिलायन्स कलेजमा हाम्राे अहिलेसम्म एउटै व्यवस्थापन छ, लामाे समयदेखि निरन्तर यहिँ पढाइरहेका दक्ष र अनुभवी शिक्षक-शिक्षिकाहरू छन् । शैक्षिक पूर्वाधारदेखि विद्यार्थीमैत्री वातावरण छ । विद्यार्थीहरूका लागि जहाँबाट पनि सार्वजनिक सवारी साधन चढेर आउन सक्ने पायक स्थानमा छ । अभिभावकले बेहाेर्न सक्ने समयसापेक्ष शुल्क र विद्यार्थीका लागि छनाेटका संकायदेखि विषयहरूसमेत धेरै छन् । त्यसकारण पनि विद्यार्थी र अभिभावकका लागि रिलायन्स कलेज उपयुक्त छ । 

एउटा शिक्षाकर्मीकाे हिसाबले यत्ति चाहिँ भन्छु । अहिले प्लस टुकाे भर्ना बेला छ । विद्यार्थी अभिभावकले सहि कलेज, संकाय र विषय छनाेट गर्नुहाेला । हाम्राे रिलायन्सकै बारेमा पनि थप केही बुझ्न चाहनुहुन्छ भने ढाेका खुल्ला  छ । हाम्रा विगतका परीक्षाकाे नतिजाहरू कस्ताे छ भन्ने कुरा तपाइँहरू जस्ता मिडियाले नै स्पष्ट पारेकै हुनुहुन्छ । विद्यार्थी र अभिभावकहरूले त्यसकाे पनि विश्लेषण गरे हुन्छ । शुल्क केही तलमाथि हाेलान् तर कलेजकाे वातावरण, रिजल्ट, र विषयहरू तपाइँल अनुकूल छ कि छैन भन्ने कुरा नै हेर्ने हाे । हामीसँग व्यवस्थापन, विज्ञान विषयकाे पढाइकाे लागि भर्ना चलिरहेकाे छ । तपाइँहरू विहान, दिउँसाेकाे उपयुक्त कुनै पनि समयमा आएर बुझ्न सक्नुहुनेछ । हाम्राे केही लुकाई, बढाई चढाई छैन । जे छ छर्लङ्गै छ । कलेज भ्रमण गरेर पनि सबैकुराकाे जानकारी लिन सक्नुहुनेछ । रिलायन्स इन्टरनेशनल कलेजकाे बारेमा केही कुरा राख्ने अवसर दिनुभयाे त्यसका लागि तपाइँहरूकाे टीमलाई धन्यबाद छ । 

गाउँ सहर डेस्क

तपाईँको मत